उनका अनुसार आज कोशीमा पानीको बहाब २ लाख ३२ हजार क्यूसेक रहेकाले खतरा बढदै गएको छ । अहिले सप्तकोशीमा रहेको ५२ ढोका मध्ये ४८ वटा ढोका खोलिएका छन् । त्यस्तौ उत पूर्ब को सेउती खोलामा आएको बाढीका कारण सय भन्दाबढी स्थानिय बासिन्दा त्रासिद भएको खबर छ । त्यसैगरी अत्याधिक परेको अविरल बर्षात का कारण इलमामा चार जनाको मृत्यु भएको खबर छ । संगोलखोलामा आएको बाढीका कारण घर बगाउदा सविनराम राई को परिवारका दुई सदस्यको मृत्यु भएको छ । त्यस्तै इलामकै सन्तबहादुर र्राईका दुई छोरी फुलमाया र ९ बषिर्य अनिशा राई को मृत्यु भएको छ । अबिरल बर्षा संगै परेको पानीका कारण विर्तामोडको अदुवा खोलामा बाढी आउने अत्याधिक सम्भावना भएकाले स्थानिय बासिन्दा त्रासिद भएको खबर छ । त्यस्तै झापाको रतुवा खोलामा पनि बाढी बढेका कारण सो क्षेत्रका मानिस त्रासपूर्ण जिवन विताई रहेका छन् ।
त्यस्तै उता देशकै पहिलो र एकमात्र जनकपुर जयनगर रेलवे सेवा अत्याधिक बर्षाका कारण हिजो बाटै अनिश्चित कालका लागि अबरूद्ध भएको छ । साथै महोत्तरी र धनुषामा विभिन्न खोलामा आएको बाढीका कारण १९ भन्दा बढी घरपरिवार विस्थापित भएको खबर छ । त्यस्तै पश्चिमका विभिन्न जिल्लामा पनि बाढीसंगै आएको पहिरोका कारण जनजिवन प्रभावित भएको समाचार छ ।