Sunday, August 16, 2009

प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डामा अन्तिम टुंगो लाग्दै

काठमाण्डौ,१ भदौ- प्रधानमन्त्री माधवकुमार नेपालले भोली बाट गर्ने भनिएको भारत भ्रमणका एजेण्डाका बारेमा अन्तिम टुङ्गो आज लाग्ने भएको छ ।

विहान ९ बजे बस्ने मन्त्रीपरिषदको बैठकले नेपालका तर्फाट लगिने सम्पूर्ण एजेण्डाको अन्तिम टुङ्गो लाउने भएको हो । बैठकमा आइतबार भएको संविधानसभामा प्रतिनिधित्व गर्ने पच्चिस राजनीतिक दल र उद्योगी व्यवसायीहरूसंगको छलफल र विभिन्न मन्त्रालयले सिफारिस गरेका प्रस्ताका आधारमा एजेण्डा तय हुने भएको हो । साथै आजको मन्त्रीपरिषको बैठकले विधुतीय पक्षलाई उच्च प्राथामिकतामा राख्ने, विभिन्न स्थानमा नेपाल र भारतका सिमानाम हुलाकी सडक लगायत सिमा सिमा सुरक्षाका बारेमा समेत एजेण्डा तय हुने भएको छ । आजको मन्त्रिपरिषद बैठकले विवादित बन्दै गएको पन्चेश्वर जलविधुत परियोजनाका विषयमा कसरी र कुन तहमा सहमति गर्ने र त्यस सम्वन्धी कस्तो उपयूक्त निर्णय गर्ने भन्ने बारेमा पनि उपयुक्त धारणा निकाल्ने भएको छ । ७० जनाको जम्बो टोली साथ गर्ने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणका बेला अन्य पच्चिस दलले सहमति विपरित कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्रीलाई हिजोनै सुझाव दिइसकेका छन् ।

No comments:

Post a Comment