Wednesday, August 19, 2009

संयुक्त क्रान्तिकारी मोर्चा गठनका लागि माओवादीले राष्ट्रिय भेला गर्दै

काठमाण्डौ, ३ भदौ- सेनपति प्रकरणमा राष्ट्रपतिको पछिल्लो कदम र बर्तमान सरकार असंवैधानिक भएको भन्दै एकिकृत माओवादीले आज बाट संयुक्त क्रान्तीकारी मोर्चा गठनका लागि राष्ट्रिय भेला गर्दैछ ।

आज विहान दश बजे गर्ने भनिएको राष्ट्रिय भेलालाई आवश्यक गृहकार्य नपुगेको भन्दै भेला केही समयका लागि
पछी सारिएको हो । भेलाले गर्ने भनिएको आन्दोलनको नेतृत्व माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले गर्ने भएको माओवादी सभासद अग्नी सापकोटाले जानकारी दिनुभयो । त्यस्तै पार्टी कार्यालय कोटेश्वरमा हुने उक्त भेलामा विभिन्न जिल्ला, राज्य, केन्दि्रय, सचिवालय र स्थायी समितिका २ सय भन्दा सदस्यहरू उपस्थित हुने जानकारी उहाले दिनुभयो । साथै उहाले आगामी दिनमा आन्दोलनको तयारीका लागि मोर्चालाई थप बलियो बनाउन अन्य दलहरूसंग छलफल गरी अगी बढ्ने र आजैको भेलाले भोलीबाट कस्तो किसिमिको आन्दोलन गर्ने भन्ने बिषयमा समेत तय गर्ने उहाले बताउनु भयो ।



No comments:

Post a Comment