आज बिहान बसेको संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सभापतिको निर्वाचन आगामी भदौ १२ गते गर्ने निर्णय गरेको हो । प्रमुख तिन दलका सचेतकले हिजो शनिबार संविधानसाभा अक्ष्यक्ष सुवासचन्द्र नेम्वाङ्ग लाई भदौ १ गते गर्ने भनिएको संवैधानिक सभापतिको निर्वाचन का लागि आवश्यक गृह कार्य तथा छलफल गर्ने समय माग मिति पछी र्सार्न आग्रह गरेका थिए । तीन दलका सचेतकको अग्रहलाई स्वृकार गर्दै अक्ष्यक्ष नेम्वाङ्गले आज विहान ९ बजे कार्यव्यवस्था समितिको बैठक आहृवान गरेका थिए । संवैधानिक समितिको चुनावको मिति सरे पनि विषयगत समितिको काम भने भोली सोमबार बाटै निरन्तर अगाडी वढ्ने जानकारी दिइएको छ । छलफका साथ सभापति चयन गर्ने तीन दलको सहमति भएता पनि सो पदका लागि कांग्रेस र एकिकृत माओवादीको अडान अझै कायमै रहेको छ भने एमालेले सो पद सहमतिका साथ टुङ्गो लगाउने बताएको छ ।
No comments:
Post a Comment