आगामी भदौ १ गते हुने भनिएको सभापति चुनावका विषयलाई लिएर बसेको २२ दलको बैठकले सत्तारूढ २२ दल भित्रै बाट सो पदका लागि उम्मेदवार छान्ने निर्णय गरेको छ । यध्यपी कुन दलबाट संवैधानिक समितिको सभापति छान्ने बारेमा भने कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तर केही हद सम्म कांग्रसका तर्फाट निलाम्बर आचार्यको भने संम्भावन बढेको उनले बताए । बिहिबार दिउसो सिहदरबार स्थित प्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा आयोजना गरिएको सो बैठकमा मालेका तर्फाट सिपी मैनालीले पनि सैवैधानिक समितिको सभापति पदका लागि दावी गरेका छन् । त्यस्तै उता संवैधानिक समितिको सभापति पद आफुले पाउनु पर्ने माग राख्दै आएको एकिकृत माओवादीले भने आफ्ना तर्फबाट डा. बाबुराम भट्टराई लाई तयार गरेर राखेको छ ।
No comments:
Post a Comment