काठमाण्डौ,साउन २९- आज श्रीकृष्ण जन्माष्टमी, देशैभरिका कृष्ण मन्दिरहरूमा पुजा गर्ने भक्तजनहरूको विहानै देखि घुइचो लागेको छ ।
यसै क्रममा ललितपुरको कृष्ण मन्दिरमा पनि आज विहानै देखि पुजाआजा गर्नेको भिड लागेको छ । त्यस्तै कृष्ण अष्टमीको टिका ग्रहण गर्न राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपति रामवरण यादव पाटनको कृष्ण मन्दिर गइ टिका ग्रहण गर्नु भएको छ । उता विराटनगरमा पनि कृष्ण जन्माष्टमीको क्रममा प्रत्येक बर्षमनाइने रथ यात्रा यो बर्षपनि जारी रहेको छ। राजतन्त्रको समयमा कृष्णजन्माष्टमीको प्रसाद राजाहरूले ग्रहण गर्ने गर्दथे तर गणतन्त्र स्थापना भए पश्चात गत बर्षदेखि राष्ट्रपतिले राष्टप्रमुखका हैसियतले टिका ग्रहण गर्ने गरेका छन् । त्यस भन्दा पहिले राष्ट्रप्रमुख र प्रधानमन्त्रीका हैसियतले गिरिजाप्रसद कोइरालाले पनि टिका ग्रहण गरेका थिए ।

nice news style. i like it
ReplyDelete