काठमाण्डौ, २ भदौ- पाचदिने औपचारिक सदभावना भ्रमणका लागि प्रधानमन्त्री माधवकुमार नेपाल भारत प्रस्थान गर्नु भएको छ ।
प्रधानमन्त्रीका साथमा अर्थ मन्त्री सुरेन्द्र पाण्डे, पर्यटन मन्त्री शरदसिह भण्डारी, उधोग मन्त्री महेन्द्र यादव, आपूर्ति मन्त्री राजेन्द्र महतो, उर्जा मन्त्री प्रकाश शरण महत र उद्योग मन्त्री महेन्द्र राय यादव समेत रहेका छन् । ३८ सदस्य सरकारी भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, जनसर्म्पर्क सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकार लागायत १८ जना पत्रकार, आधा दर्जन उद्योगव्यवसायी, पाच जना सभासद, मुख्य सचिव र अन्य सरकारी अधिकारीहरू, र दुई सुरक्षाकर्मी गरी जम्मा ६४ सदस्य भ्रमण टोलीमा समावेश छन् । भारत प्रस्थान गर्नु पूर्व पत्रकारहरूसंग संक्षिप्त कुराकानी गर्दै यो भ्रमणले दुई देश वीचको सम्वन्ध प्रगाढ बनाउनेर अझ नया उचाईमा पुर्र्याउने कुरा मा आफु विश्वस्त रहेको बताउनु भयो ।
No comments:
Post a Comment