काठमाण्डौ, १४ जेठ- निकै अत्याधुनिक प्रविधि र नौलो विषयलाई समावेश गरेर निर्माण गरिएको फरक धारको चलचित्र यतिको खोजी आज शुक्रबार बाट राजधानीका केही हलमा प्रदर्शनमा आएको छ ।
भिजुअल प्रोडक्सन सेन्टरको व्यानरमा सन्तोष ढकालको निर्देशनमा बनेको यस चलचित्र हिम मानवको खोजी र त्यससंगै मानवीय क्रियाकलापालाई समेटे
र निर्माण गरिएको चलचित्र हो । अच्युत गजुरेलको एनिमेशनमा पहिलो पटक निर्माण गरिएको य
तिको एनिमेशनलाई निकै रोचकताका साथ प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । ४३ हजार मिटरको उचाई रहेका विभिन्न हिमाली श्रृखला, मुस्ताङको निकै ग्रामिण भेग, त्यस्तै म्याग्दी, बन्दीपुरको सिद्ध गुफा, तनहुको धम्पुस तथा अन्नपूर्ण सरक्षण क्षेत्र, पोखरा, धुलिखेल तथा काठमाण्डौमा विभिन्न स्थानमा छायङकन गरिएको यस खोज मुलक तथा रहस्यमय चलचित्रको कथा स्वामी कृष्णले रचेका हुन भने द्धन्द्ध निर्देशन रोशन श्रेष्ठले गरेका छन् ।
१६ दशमलव ९ चौडा स्क्रिन तथा ५ दशमलब १ सराउन्ड साउण्ड सिस्टमा तयार गरिएको यस चलचित्र २ घण्टा २२ मिनेटको रहेको छ । फरक धारको भनिएको यस चलचित्रको मुख्य भूमिकामा लक्ष्मण बस्नेत, दिव्यश्वर गौतम, अमेरीकी नागरिक पामिला अलिसा, सुनिता गर्न्धर्व, पेमा शेर्पा लगायत रहेका छन्, भने संगीत कन्हैया सिहले दिएका छन् ।
राजधानीको गोपी कृष्ण, गुण, अष्टनारायण, बाराही लगायतका १२ वटा हलमा शुक्रबारबाट यो चलचित्र प्रदर्शनमा आएको हो ।