काठमाण्डौ, १२ जेठ- नेपालको राजनीतिमा अप्रत्यक्ष रूपमा स्टाइगरको भूमिका खेल्दै आएको दक्षिण छिमेकी राष्ट्र भारतले सविधान सभाको म्याद सकिन दुई दिन बाकी छदा आफ्नो सक्रियतलाई पुन बढाएको छ ।राजनीतिक गतिरोध अन्त्यको प्रयासमा विभिन्न पक्षसंग छलफल गर्दै आएका प्रधानमन्त्री माधव कुमार नेपाललाई भेट्न बुधबार बिहानै भारतीय राजदुत राकेश सुद प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । हिजो बसेको तीन दलीय बैठकको निर्णय बमोजिम आजका लागि डाकिएको सो बैठक अगावै राजदुत सुदले गरेको सो भेटवार्तालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा राजनीतिक गतिरोध अन्त्यको प्रयास, संविधानसभाको म्याद थप लगायतका बिषयमा सुदले गहिरो चासो व्यक्त गरेको बताईएको छ ।
No comments:
Post a Comment