भेटवार्ताका लागि मंगलबार बिहान राष्ट्रपति भवन शितल निवासमा पुगेका प्रधानमन्त्री नेपालले भोली बुधबार सम्म संविधानसभाको म्याद थप्न माओवादी तयार नभए संसद, सरकार र संविधान सभाको औचित्य स्वत सकिने भन्दै सो परिस्थितिमा कार्यकारी भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई आग्रह गरेको बताइएको छ । स्रोतले दिएको जानकारी अनुसार "सहमति खोज्दा खोज्दै विविध दुविधा आएको भन्दै सम्पूर्ण कार्यकारी जिम्मा अब तपाईले लिनु पर्र्यो राष्ट्रपति समक्ष प्रधानमन्त्रीले भने" । यस्तै जवाफमा राष्ट्रपति यादवले सकभर सहमतिमा जान प्रधानमन्त्रीलाई आग्रह गरेको यध्पी जो जिम्मा आफ्नो काधमा आईपरे स्वत स्वीकार गर्ने बताए ।
यध्पी यस सम्बन्धी समाचार अन्य सञ्चारमाध्यमलाई दिइएको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार कुनै पनि हालतमा माओवादी सहमतिमा आउनु पर्ने बिषयमा दुई पक्ष छलफल भएको बताए । यस्तै प्रधानमन्त्रीको राजिनामा सम्बन्धमा माओवादीको माग कुनै पनि हालतमा पुरा नहुने पन्तले बताए । उनले भने अहिलेको अवस्थामा राजिनामा ठूलो हैन संविधानसभाको म्याद ठूलो हो, तर्सथ माओवादीनै लचिलो भएर आउनुपर्र्यो ।
झण्डै एक घण्टा भएको उक्त भेटवार्तामा नेपालको अन्तरिम संविधान २०६३ मा आठौ संशोधन गरी संविधानसभाको म्याद बढाउने तयारीका सम्बन्धमा राष्ट्रपति र प्रधानमन्त्रीबीच विशेषत छलफल भएको थियो ।
No comments:
Post a Comment