संविधानसभामा रहेका ५ सय ९९ सभासदमध्ये उपस्थित ५ सय ८५ सभासद मध्ये ५ जनाले संविधान संशोधनको विपक्षमा उभिएका थिए भने बाकी ५ सय ८० जना संशोधनको पक्षमा थिए । कट्टर राजावादी दल राप्रपा नेपालका चार सभासद र एक छुट्टै सभासद संविधान संसोधनको विपक्षमा आफुलाई उभ्याएका थिए ।
संविधानसभाको म्याद थपका लागि पहिले प्रधानमन्त्रीको राजिनामा आउनै पर्ने अडानमा रहेका माओवादीलाई काग्रेस एमालेले पाँच दिन भित्र प्रधानमन्त्रीको राजिनामा दिलाउने सुनिश्चितता र यथा स्रि्र राष्ट्रिय सहमतिको सरकार गठनकाललागि प्रक्रिया अगाडी बढाउने सहमति गरेपछी शुक्रबार अबरे राति भएको सहमति अनुरूप संविधानसभाको म्याद थप गरिएको हो । म्याद सकिन करिब २० मिनेट बाकी छदा संसदको बैठक सुरू भएको थियो भने संविधान संशोधनको प्रक्रिया पुरा गर्न झण्डै दुई घण्टा लागेको थियो । ११ बजेर ४१ मिनेटको समयमा सुरू संसदको बैठक १ बजेर ३० मिनेट सम्म चलेको थियो ।
संविधान संशोधनको सवै प्रक्रियालाई छोट्याएर अन्तरिम संविधान २०६३ लाई संशोधन गरिएको थियो । विपक्षी दल एकीकृत माओवादीका र सदभावना आनन्दीदेवी सरिता गिरिले संसदमा दर्ता गराएको विरोधको सूचि फिर्ता लिएपछी संविधान संसोधनको प्रक्रिया अगाडी बढेका थियो । विरोधको सूचि दर्ता गराएका देब गुरूङ र सरिता गिरीले विरोध सूचि फिर्ता लिएपछी संविधान संसोधनको प्रक्रिया अगाडी बढेको थियो ।
अनन्त सहमतिको प्रक्रियामा दलहरू आएको भन्दै गिरी र गुरूङले विरोधको सूचि दर्ता गर्राई राख्नु नपर्ने भन्दै आफ्नो सो प्रस्ताव फिर्ता लिएका थिए । त्यसपछी कानुन मन्त्री प्रेम बहादुर सिहले अन्तरिम संविधान २०६३को आठौ संसोधन विधेयक संसदमा पेश गरेका थिए । र त्यो विधेकलाई नेपाली काग्रेसका तर्फबाट लक्ष्मण प्रसाद घिमिरे र नेकपा एमालेका भिम आचार्यले र्समर्थ गरेपछी संसदमा औपचारिक रूपमा दर्ता भई संशोधन प्रक्रिया अगाडी बढेको थियो ।
No comments:
Post a Comment