Sunday, December 1, 2013

आर्यनको नयाँ फिल्म : ट्रेलर रिलिज

२०७०,जेष्ठ २२


नीता ढुङ्गगानासंगको अनस्क्रिन रोमान्समा पहिलोपटक आर्यन सिग्देल आफ्ना फ्यानमाँझ आउदैछन् । दयाराम दाहालको निर्देशनमा तयार भएको दबाब आउने श्रावण २८ देखि रिलिज हुदैछ र यहि  रिलिज काउन्टडाउन सुरु गर्दे दबाब टिमले फिल्मको ट्रेलर रिलिज गरेको छ । फर्मुला फिल्म बनाउन खप्पिस दयाराम दाहाल र आर्यनले संगै काम गरेको फ्ल्यास ब्याक दुई बर्षअघि रिलिज भएका फिल्महरुको भिडमा उच्च बिजनेस गर्न सफल बनेको थियो हेरौ यो फिल्मले बक्स अफिसमा कस्तो छाप पार्ला ?




Wednesday, June 12, 2013

जनता भन्छन् महजोडीलाई राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी महानायकलाई शिक्षा मन्त्रीको


दोस्रो पटक संविधानसभाको  निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला नम्बर वान सोसल साईट फेसबुकमा भने जनताले फिल्मी क्षेत्रका हस्तीलाई देशको भावी नेतृत्व दिनु पर्ने  विचार ब्यक्त गरेका छन् । 

फेसबुकका विभिन्न पेज र ब्यक्तिका फेसबुक वालमा मह जोडीलाई क्रमश राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने बिचार जनताबाट आएको छ भने महानायक राजेश हमाललाई शिक्षा मन्त्री बनाउनुपर्ने प्रस्ताव जनताले गरेको देखिन्छ । यसैगरी लिरिसिष्ट एवं गाईनोकोलोजिष्ट भोला रिजाललाई स्वास्थ्य मन्त्री बनाउने मत जनताबाट आएको छ ।

 जनताले अर्थमन्त्रालयको  जिम्मेवारी मेगा बैकं नेतृत्व गरिरहेका अनिल शाहलाई दिनुपर्ने तर्क राखेका छन् भने कर्ण शाक्यलाई पर्यटन क्षेत्रको नेतृत्व दिनुपर्ने तर्क अघि सारेको देखिन्छ । एक फोटोलाई हाईलाईट गर्दै सार्वजनिक जनताको मतमा गृह मन्त्रालयको जिम्मेवारी एसपी रमेश खरेलले पाउनुपर्ने आवाज आएको छ । 

यसैगरी महिला तथा बालबालिका मन्त्रालयलाई २०१० की सिएनएन हिरो  अनुराधा कोईराला र बन मन्त्रालयको जिम्मेवारी सञ्चारकर्मी नारायण श्रेष्ठबाट लिड गरियोस भन्ने आवाज जताको छ । 

Tuesday, June 4, 2013

आर्यनको नयाँ फिल्म : ट्रेलर रिलिज


२०७०,जेष्ठ २२

नीता ढुङ्गगानासंगको अनस्क्रिन रोमान्समा पहिलोपटक आर्यन सिग्देल आफ्ना फ्यानमाँझ आउदैछन् । दयाराम दाहालको निर्देशनमा तयार भएको दबाब आउने श्रावण २८ देखि रिलिज हुदैछ र यहि  रिलिज काउन्टडाउन सुरु गर्दे दबाब टिमले फिल्मको ट्रेलर रिलिज गरेको छ । फर्मुला फिल्म बनाउन खप्पिस दयाराम दाहाल र आर्यनले संगै काम गरेको फ्ल्यास ब्याक दुई बर्षअघि रिलिज भएका फिल्महरुको भिडमा उच्च बिजनेस गर्न सफल बनेको थियो हेरौ यो फिल्मले बक्स अफिसमा कस्तो छाप पार्ला ?




Wednesday, May 29, 2013

महानायकलाई सुप्रबल जनसेवाश्री सम्मानबाट विभूषित गर्ने सरकारको घोषणा




  
२०७० जेष्ठ १५ काठमाडौं

संविधानसभा विघटन भए पश्चात गणतन्त्र दिवस उत्साह पूर्वक मनाउन जायज नरहेको बहसहरु चलिरहेका बेला सरकारले महानायक राजेश हमाललाई गणतन्त्र दिवसको अबसर पारेर  सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मान गर्ने निर्णय गरेको छ ।

छैठौ गणतन्त्र दिवस मनाईएको सन्दर्भमा सरकारले महानायक सहित गायिका अन्जु पन्त र लोक गायक राजु परियारलाई प्रवल जनसेवाश्री विभूषणबाट प्रदान गर्ने  निर्णय सार्वजनिक गरेको हो ।  यसैगरी कला क्षेत्रबाटै  ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति किरण मानन्धर रसंगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति प्रचण्ड मल्ललाई सुकृतमय राष्ट्रदीप विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको छ । विभिन्न क्षेत्रमा रहेर   अमुल्य योगदान पु¥याएवापत सरकारले गणतन्त्र दिवसका दिन विभिन्न मान पदवी र अलंकारबाट योगदान पु¥याउने ब्यक्तिहरुका लागि विभूषित गर्ने निर्णय गरे बमोजिम सार्वजनिक १सय ९८ जनाको लिष्टमा कला क्षेत्रबाट यी नाम बाहिरिएका हुन । 

कलाकारिता क्षेत्रमा महजोडी पश्चातको श्रेणीमा गनिने महानायकले संविधानसभा नबनेको यो समयमा सरकारबाट प्राप्त विभूषण ग्रहण गर्छन वा बहिस्कार गर्छन त्यो चाहि चासोको बिषय बनेको छ किन कि गत बर्ष सरकारले महजोडीलाई विभूषित गर्ने निर्णय गरेपनि उनीहरुले संविधान बनाउन नेताहरु असफल भएको भन्दै उक्त सम्मान बहिस्कार गरेका थिए । 

Saturday, May 25, 2013

हरिबंशलाई बुद्ध बन्न मन लाग्यो



अनुप भट्टराई
काठमाडौं
जेष्ठ-११- २०७०

प्रसंग आज २५५७औँ बुद्ध जयन्ती र यहि शुभ दिनको अबसरमा मैले हरिबंश आचार्यको नयाँ न्यूज सार्वजनिक गरेको हुँ। सयौ क्यारेक्टरमा सफल रुपमा  प्रस्तुत भईसकेका सिनियर कमेडियन हरिबंश आचार्यले गौतम बुद्धको क्यारेक्टरमा  दर्शकमाँझ  उपस्थित हुने ईच्छा  देखाएका छन् ।

उनले क्यारेक्टरमा नयाँ पन दिन गौतम बुद्ध र  जर्मनका क्रुर चान्सलर ओडल्फ  हिटलर क्यारेक्टरमा उत्रिने बिचार  मस्तिष्कमा राखेका हुन । भर्खरै लन्च भएको उनको लाईफ स्टोरीले भरिएको  बुक 'चिना हराएको मान्छे;मा पनि उनले अबको  दिनमा गौतम बुद्ध र हिटलरको रोलमा देखिने अत्यन्त ईच्छा रहेको उद्रित गरेका छन् । 

पछिल्लो समय नेगेटिभ क्यारेक्टर हरिबहादुरको रोलमा देखिएका उनले गौतम बुद्ध पहिले कि हिटलर कुन क्यारेक्टर पहिले निभाउ भन्ने चाहि  फाईनल डिसिजन गरिसकेका छैनन् । सय भन्दा बढी क्यारेक्टरमा आफूलाई प्रस्तुत गरिसकेका हरिबंश होम प्रोडक्सनबाट  नयाँ फिल्म डाईरेक्सनको  तयारीमा पनि छन् ।

सोसल कमेडी ट्रिटमेन्टले भरिएको उनको नयाँ फिल्मको टाईटल रिभिल गरिएको छैन तर सिरियल र अयाड् मेकिङबाट फुर्सद नपाएकाले फिल्म मेकिङ्ग गर्न फ्लोरमा जान नसकिएको हरिबंशको भनाई छ । उनले भनेका छन् 'स्क्रिप्ट म आफैले लेखेको छु तर फ्लोरमा जान चाहि अयाड् र सिरियल मेकिङ्गले फुर्सद मिलिरा  छैन् ' 

Friday, May 20, 2011

रातेकाईला कांग्रेसका

अन्यथा नहोस अभिनेत्री रेखा थापा माओवादीको भुवन केसी एमालेको अहिले आएर राते काईलाले परिचित अभिनेता सुनिल थापा नेपाली काग्रेसको भएका छन्

एक बर्षघि माओवादीको आम सभामा अध्यक्ष प्रचण्डसंग छमछमी कम्मर मर्काउदा रेखा माओवादीको भएको साचारमाध्यमले उल्लेख गरेका थिए । यस्तै केही महिनाअघि मात्र औपचारिक रुपमै एमालेको सिन्दुर पहिरिएका अभिनेता भुवन केसीले पार्टीको झण्डा उचाल्दा उनले पनि निकै चर्चा पाएका थिए । जस अनुरुप आफ्ना समकक्षीले पार्टीको झण्डा उचिलिरहेको बेला अभिनेता सुनिल थापा पनि काग्रेसको झण्डा उचाल्न आमसभामा उपस्थित भएका हुन । अपरान्ह २ बजे टूडिखेलबाट सुरु काग्रेसको सभामा थापाले मंचमा उभिदै उपस्थित हजारौ काग्रेस कार्यकर्तालाई जय नेपाल भनी तीन पटक सम्बोधन गरेका थिए


Tuesday, May 17, 2011

पूजा चन्दको ईन्गेजमेन्ट

चारबर्षको अमेरिकी बसाई पछी गत मंसिर गते एकमहिनाका लागि नेपाल आउदा 'भने जस्तो केटा पाए विहे गर्छु' भनी अनुप भट्टराईलाई दिएको अन्तवार्ता पाँच महिना वित्न नपाउदै भिनेत्री पूजा चन्दले दोस्रो विबाह गर्ने तयारी गरेकी न् जस अनुरुप गत बैशाख ३० गते शुक्रबार अमेरिकाको बाल्टिमोरमा द् एन्जल बैण्डका गायक राजु लामासंग पुजाले ईन्गेन्जमेन्ट गरेकी छिन्

१८ बर्षीया छोरीकी आमा समेत रहेकी ३६ बर्षे पूजाले गत पौष १३ गते अमेरिका फर्किदा संगै लगेकी आफ्नी आमा छोरी दिब्या हुने वाला श्रीमानका पिता तथा बाल्टिमोर क्षेत्रमा रहेका केही नेपालीहरुको उपस्थितिमा ईन्जगेजमेन्ट गरेकी हुन । छोरीको विवाह गर्ने उमेरमा पूजाले विवाह गर्नुलाई कतिपयले अचम्म ठानेका छन् भने कतिपयले यो उनको अवाश्यक्ता हो भनी विश्ालेषण गरेका छन् ।


रेडियो नेपालमा कविता पढ्दै तथा रेडियो नाटकमा अभिनय गर्ने क्रममा आफन्त माफर्त सुरज चन्दसंग पहिलो भेट भएपछी पुजा र सुरजकोप्रेम भएको थियो । त्यसपश्चात फोटोग्राफर सुरज चन्दसं २०४९सालमा भागी विवाह गरेकी पुजाको २०५७ सालमा डिभोस्र भएको थियो । करिब एकदर्जन टेलिचलचित्र त्यतिकै संख्यामा विज्ञापन साथै तीन दर्जन नेपाली चलचित्रमा अभिनय गरेकी चन्दले सुरजसंग डिभोस्रगरे लगत्तै अमेरिकाकोबाटो रोजेकी थिईन् जुन रोजाईको निरन्तरता आज सम्म छ । दोस्रो विवाह गर्ने तयारी गरेकी चन्दले पाँच महिना अघि एक महिने नेपाल बसाईको क्रममा अधुरो रहेको आफ्नो गीती एल्बम कसरी सम्झाऊ लाई भब्य रुपमा सार्वजनिक गरेकी थिईन् । सो समय पूजाले पूर्व पति सुरज चन्दलाई पनि बोलाएकी थिईन् । कार्यक्रममा पूजाले सुरजसंग अकंमाल पनि गरेकी थिईन् । पूर्व पति सुरजसंगको साधारण मनमुटावबाट दोस्रो विवाह गर्ने तयारीगरेकी चन्दले पाँचमहिना अघिको नेपाल बसाईमा आफूलाई केयरिङगर्ने मान्छेको अवाश्यक्ता भएको बताएकी थिईन् । जुन केयरिङ गर्ने मान्छको रुपमा पूजाले राजुलाई भेटेकी हुन


ईन्गेजमेन्टका केही तस्बिरहरु