दोस्रो पटक संविधानसभाको निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला नम्बर वान सोसल साईट फेसबुकमा भने जनताले फिल्मी क्षेत्रका हस्तीलाई देशको भावी नेतृत्व दिनु पर्ने विचार ब्यक्त गरेका छन् ।
फेसबुकका विभिन्न पेज र ब्यक्तिका फेसबुक वालमा मह जोडीलाई क्रमश राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने बिचार जनताबाट आएको छ भने महानायक राजेश हमाललाई शिक्षा मन्त्री बनाउनुपर्ने प्रस्ताव जनताले गरेको देखिन्छ । यसैगरी लिरिसिष्ट एवं गाईनोकोलोजिष्ट भोला रिजाललाई स्वास्थ्य मन्त्री बनाउने मत जनताबाट आएको छ ।
जनताले अर्थमन्त्रालयको जिम्मेवारी मेगा बैकं नेतृत्व गरिरहेका अनिल शाहलाई दिनुपर्ने तर्क राखेका छन् भने कर्ण शाक्यलाई पर्यटन क्षेत्रको नेतृत्व दिनुपर्ने तर्क अघि सारेको देखिन्छ । एक फोटोलाई हाईलाईट गर्दै सार्वजनिक जनताको मतमा गृह मन्त्रालयको जिम्मेवारी एसपी रमेश खरेलले पाउनुपर्ने आवाज आएको छ ।
यसैगरी महिला तथा बालबालिका मन्त्रालयलाई २०१० की सिएनएन हिरो अनुराधा कोईराला र बन मन्त्रालयको जिम्मेवारी सञ्चारकर्मी नारायण श्रेष्ठबाट लिड गरियोस भन्ने आवाज जताको छ ।
No comments:
Post a Comment