अनुप भट्टराई
काठमाडौं
जेष्ठ-११- २०७०
प्रसंग आज २५५७औँ बुद्ध जयन्ती र यहि शुभ दिनको अबसरमा मैले हरिबंश आचार्यको नयाँ न्यूज सार्वजनिक गरेको हुँ। सयौ क्यारेक्टरमा सफल रुपमा प्रस्तुत भईसकेका सिनियर कमेडियन हरिबंश आचार्यले गौतम बुद्धको क्यारेक्टरमा दर्शकमाँझ उपस्थित हुने ईच्छा देखाएका छन् ।
उनले क्यारेक्टरमा नयाँ पन दिन गौतम बुद्ध र जर्मनका क्रुर चान्सलर ओडल्फ हिटलर क्यारेक्टरमा उत्रिने बिचार मस्तिष्कमा राखेका हुन । भर्खरै लन्च भएको उनको लाईफ स्टोरीले भरिएको बुक 'चिना हराएको मान्छे;मा पनि उनले अबको दिनमा गौतम बुद्ध र हिटलरको रोलमा देखिने अत्यन्त ईच्छा रहेको उद्रित गरेका छन् ।
पछिल्लो समय नेगेटिभ क्यारेक्टर हरिबहादुरको रोलमा देखिएका उनले गौतम बुद्ध पहिले कि हिटलर कुन क्यारेक्टर पहिले निभाउ भन्ने चाहि फाईनल डिसिजन गरिसकेका छैनन् । सय भन्दा बढी क्यारेक्टरमा आफूलाई प्रस्तुत गरिसकेका हरिबंश होम प्रोडक्सनबाट नयाँ फिल्म डाईरेक्सनको तयारीमा पनि छन् ।
सोसल कमेडी ट्रिटमेन्टले भरिएको उनको नयाँ फिल्मको टाईटल रिभिल गरिएको छैन तर सिरियल र अयाड् मेकिङबाट फुर्सद नपाएकाले फिल्म मेकिङ्ग गर्न फ्लोरमा जान नसकिएको हरिबंशको भनाई छ । उनले भनेका छन् 'स्क्रिप्ट म आफैले लेखेको छु तर फ्लोरमा जान चाहि अयाड् र सिरियल मेकिङ्गले फुर्सद मिलिरा छैन् '
No comments:
Post a Comment