चारबर्षको अमेरिकी बसाई पछी गत मंसिर ८ गते एकमहिनाका लागि नेपाल आउदा 'भने जस्तो केटा पाए विहे गर्छु' भनी अनुप भट्टराईलाई दिएको अन्तवार्ता पाँच महिना वित्न नपाउदै अभिनेत्री पूजा चन्दले दोस्रो विबाह गर्ने तयारी गरेकी छन् । जस अनुरुप गत बैशाख ३० गते शुक्रबार अमेरिकाको बाल्टिमोरमा द् एन्जल बैण्डका गायक राजु लामासंग पुजाले ईन्गेन्जमेन्ट गरेकी छिन् ।१८ बर्षीया छोरीकी आमा समेत रहेकी ३६ बर्षे पूजाले गत पौष १३ गते अमेरिका फर्किदा संगै लगेकी आफ्नी आमा छोरी दिब्या हुने वाला श्रीमानका पिता तथा बाल्टिमोर क्षेत्रमा रहेका केही नेपालीहरुको उपस्थितिमा ईन्जगेजमेन्ट गरेकी हुन । छोरीको विवाह गर्ने उमेरमा पूजाले विवाह गर्नुलाई कतिपयले अचम्म ठानेका छन् भने कतिपयले यो उनको अवाश्यक्ता हो भनी विश्ालेषण गरेका छन् ।
रेडियो नेपालमा कविता पढ्दै तथा रेडियो नाटकमा अभिनय गर्ने क्रममा आफन्त माफर्त सुरज चन्दसंग पहिलो भेट भएपछी पुजा र सुरजकोप्रेम भएको थियो । त्यसपश्चात फोटोग्राफर सुरज चन्दसंग २०४९सालमा भागी विवाह गरेकी पुजाको २०५७ सालमा डिभोस्र भएको थियो । करिब एकदर्जन टेलिचलचित्र त्यतिकै संख्यामा विज्ञापन साथै तीन दर्जन नेपाली चलचित्रमा अभिनय गरेकी चन्दले सुरजसंग डिभोस्रगरे लगत्तै अमेरिकाकोबाटो रोजेकी थिईन् जुन रोजाईको निरन्तरता आज सम्म छ । दोस्रो विवाह गर्ने तयारी गरेकी चन्दले पाँच महिना अघि एक महिने नेपाल बसाईको क्रममा अधुरो रहेको आफ्नो गीती एल्बम कसरी सम्झाऊ लाई भब्य रुपमा सार्वजनिक गरेकी थिईन् । सो समय पूजाले पूर्व पति सुरज चन्दलाई पनि बोलाएकी थिईन् । कार्यक्रममा पूजाले सुरजसंग अकंमाल पनि गरेकी थिईन् । पूर्व पति सुरजसंगको साधारण मनमुटावबाट दोस्रो विवाह गर्ने तयारीगरेकी चन्दले पाँचमहिना अघिको नेपाल बसाईमा आफूलाई केयरिङगर्ने मान्छेको अवाश्यक्ता भएको बताएकी थिईन् । जुन केयरिङ गर्ने मान्छको रुपमा पूजाले राजुलाई भेटेकी हुन ।
ईन्गेजमेन्टका केही तस्बिरहरु





No comments:
Post a Comment