Thursday, May 5, 2011

नेपाल-लिथुवानिया चलचित्र महोत्सव बैशाख ३० गतेदेखि


बैशाख २२ २०६८
नेपाल र लिथुवानियाबीचको कला संस्कृति आदान प्रदान गर्ने उद्देश्य सहित आगामी बैशाख ३० गते देखि तीन दिने नेपाल-लिथुवाना चलचित्र महोत्सव हुने भएको छ ।
नेपाल पेभिलियन कम्पनी र लिथुवानिया राजदुतावासको संयुक्त आयोजनामा काठमाण्डौँको कमलपोखरी स्थित रुसी सास्कृतिक केन्द्रमा हुनॆ महोत्सवमा नेपालको तर्फबाट पाँच र लिथुवानियाबाट छ वटा चलचित्र प्रदर्शन गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । यस्तै चलचित्र महोत्सवको उद्घाटन सत्रमा एक समयका चर्चित चलचित्र निर्देशक प्रताप सुब्बा र प्राविधिक महेन्द्र लामालाई सम्मान गरिदैछ । यसैगरी उद्घाटनकै दिन प्रताप सुब्बाद्धारा निर्देशित चलचित्र परालको आगो स्क्रिनिङ गरिने आयोजकले जानकारी दिएको छ । ८ मिनेट देखि ९३ मिनेट सम्मका चलचित्र प्रदर्शन गरिने महोत्सवमा जुरीको रुपमा निर्देशक त्रय लक्ष्मीनाथ शर्मा किशोर राना र रमेश बुढाथोकी लाई चयन गरिएको छ ।

No comments:

Post a Comment