Friday, April 29, 2011

राजकुमार पोखरेल अध्यक्षमा पुनः निर्वाचित


अनुप भट्टराई
काठमाण्डौ १७ बैशाख २०६८
सिनेमा हलको छाता संगठन नेपाल चलचित्र संघको ४०औ अधिवेशनले राजकुमार पोखरेललाई अध्यक्षमा पुनः चयन गरेको

काठमाण्डौंको नक्सालमा शुक्रबार राति अबेर सम्म चलेको अधिवेशनमा पोखरेलले अध्यक्षका अर्का प्रत्याशी अष्टनारायण पिक्चस्र प्रालिका साचालक रामबीर मानन्धरलाई ३९ मतको अन्तरले हराउदै अध्यक्षमा दोस्रो कार्यकालका लागि पुन निर्वाचित भएका हुन । १ सय ४३ जना सदस्य रहेको संघको अधिवेशनमा ८६ जनाले मात्र मतदान गरेका थिए । यस्तै मतदानमा ११ मत बदर भएको थियो चलचित्र क्षँेत्रको पहिलो संस्था रहेको संघको शुक्रबारको अधिवेशनमा नौ सदस्य कार्यसमितिमा निर्विरोध हुदै केबी बराल, नकिम उद्दिन, शंकर नारायण श्रेष्ठ, बीरेन्द्र नारायण श्रेष्ठ, शम्भु शरण प्रसाद, प्रदीप कुमार उदय, बीपीन मल्ल, बलराम पराजुली रुवयनाथ कोइराला चय भएका छन् यस्तै निर्विरोध भएरै काठमाण्डौ उपत्यका सभापतिमा सुनिल मानन्धर चयन भएका छन् त्यसैगरी प्रदर्शक सभापतिमा नरेन्द्र महर्जन, वितरण सभापतिमा मधुसुदन प्रधान पनि निर्विरोध चयन भएका छन् यसैगरी निर्विरोध भएरै क्षँेत्रिय स्तरको पूर्वााचल सभापतिमा राजकुमार लामा, पश्चिमााचल सभापतिमा अर्जुन श्रेष्ठ पनि चयन भएका छन् अधिवेशनमा सुदुर पश्चिमबाट कुनै प्रत्यासीले उम्मेदवारी दिएका थिएनन्

यस्तै नवनिर्वाचित अध्यक्ष पोखरेललाई प्रमुख निर्वाचन अधिकृत शान्तिपि्रयले बायोबृद्ध चलचित्रसंघका सदस्य तिलक बम थापाको उपस्थितिमा पद तथा गोपन्यताको सप्रथ ग्रहण गराएका थिए त्यसैगरी सपथ पश्चात अध्यक्ष पोखरेलले निर्वाचित अन्य सदस्यलाई सपथ ग्रहण गराएका थिए अधिवेशनमा शन्तिपि्रय प्रमुख निर्वाचन अधिकृति थिए भने निर्वाचन अधिकृतको रुपमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ अधिवक्ता सूर्यकुमार विमली थिए पुन बिजय भएपछी अध्यक्ष पोखरेलले निर्वाचन प्रणाली प्रजातान्त्रिक भएको भन्दै यो प्रकि्रयालाई कसैको जीत हारको रुपमा लिन नहुने बताए यस्तै निर्वाचित नया कार्यसमितिले आज शनिबार पहिलो बैठक राख्दै यहि कार्यसमितिबाट उपाध्यक्ष सचिव कोषाध्यक्ष चयन गर्दैछ शुक्रबार दिउसो उप्रप्रधान एवं सूचना तथा साचारमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेको संघको अधिवेशनसहितको ४०अँ बार्षिक साधारणसभामा साचारमन्त्री महराले चलचित्र क्षँेत्र सुधारका लागि एक वर्षभित्र चलचित्र नगरी घोषणा गर्ने आश्वासन दिएका छन् यस्तै मन्त्रीमहराले दुई महिना यता रिक्त रहेको चलचित्रविकास बोर्डमा नेतृत्व प्रदान गर्न नसक्नुमा राजनीतिक कमजोरी रहेको स्वीकार्दै केही दिन भित्रै बोर्डले नेतृत्व पाउने बताए। भब्यताकासाथ सम्पन्न संघको ४०औ साधारणसभाले यसै वर्षदेखि आठ विद्यालाई लक्षित गर्दै आठ लाख रुपैयाँको चलचित्रकर्मी स्मृति सम्मान पुरस्कार रंगकर्मीलाई प्रदान गरेको जसअनुसार निर्देशकद्धय लक्ष्मीनाथ शर्मा शिव रेग्मी अभिनेता भुवन केसी अभिनेतृ मिथिला शर्मा संगीतकार शम्भुजीत बास्कोटा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी सम्पादक रजनीनाथ पन्त रंगपत्रकार विजयरत्न तुलाधरलाई ११ हजार एक सय ११ रुपैयाँसहित बेग्लाबेग्लै पुरस्कारको टाईटल सहित ताम्रपत्र रहेको यि आठ विद्याका पुरस्कारलाई आठ जना प्रदर्शकहरुले एक-एक लाखका दरले उठाएर स्थापना गरेका हुन जसको बियाज बाट प्राप्त हुने रकमलाई पुरस्कारको रुपमा प्रत्येक साधारणसभामा प्रदान गरिने संघले जनाएको

No comments:

Post a Comment