Tuesday, April 26, 2011

आईफामा 'विफोर टुमारो ' सर्वोत्कृष्ट

अनुप भट्टराई २०६८ बैशाख, १३ काठमाडौँ


गत बैशखगते देखि काठमाण्डौमा आयोजना भएको पाँचौ संस्करणको नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा क्यानेडाली चलचित्र विफोर टुमारो सर्वोत्कृष्ट भएको छ ।

ईन्डिजिनियस फिल्म आकाईभ (आईफा) को आयोजनामा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृहमा भएको चा दिने महोत्सवमा उत्कृष्ट हुदै यो चलचित्रले गोल्डेन ड्रम अवार्ड जितेको हो । ५२ मिनेटको कथानक चलचित्र विफोर टुमारो लाई मारिया हेलेन कोउसिन्यू र मेडालाईन इभलुले निर्देशन गरेका हुन । यस्तै यो संगै ईटालीको बृत्तचित्र मि. माई जिप्सी फेमिली एन्ड उडी एलेन ले दोस्रो हुदै सिल्भर ड्रम अवार्ड जितेको छ । महोत्सवमा तेस्रो हुदै डेनिस म्याखोलले निर्देशन गरेको ७२ मिनेटको अमेरिकी बृत्तचित्र एमेजोनका बालबालिका ले ब्रोन्ज ड्रम अवार्ड प्राप्त गरेको छ ।

'अपराजिता स्वाभिमानी आदिवासी महिलारु' भन्ने मुल नारा सहित २० देशका ४२ चलचित्र तथा बृत्तचित्र सहभागी महोत्सवमा जुरी अवार्ड तर्फ मे_िक्सकोको बृत्तचित्र रेहजे उत्कृष्ट ठहरिएको छ । यस्तै नेपाली तर्फ मगर भाषाको चलचित्र मोडियाल्नी ले दर्शक छनौट अवार्ड प्राप्त गरेको छ । त्यसैगरी लुनिभा तुलाधरले निर्देशन गरेको नेपाल भाषाको बृत्तचित्र द् स्पिनर अफ् फ्लाईट्स ले २५ हजार नगद सहित प्रोत्साहन अवार्ड जितेको छ । महोत्सवमा फिनल्यान्डको स्काब्मागोभात फिल्म फेस्टिवलकी निर्देशक सुभी बेष्ट क्यानडाको मिडिया तथा फिल्म फेस्टिभल संस्था इमेजिनेटिभका कार्यकारी निर्देशक जेसन राइल र अन्तर्राष्ट्रिय रुपमा पुरस्कृत नेपाली फिल्म निर्देशक छिरिङतार शेर्पा निर्णायकका रुपमा रहेका थिए । ९० प्रतिशत महिला लक्षित डेढ मिनेट देखि एक सय दुई मिनेट सम्मका चलचित्रहरु समावेश महोत्सवमा सहभागी हुन ८ देशका १४ फिल्मकर्मी सहभागी थिए । उनीहरुलाई सोमबार साँझ आयोजक आईफाले पुरस्कार वितरण समारोहसंगै रात्री भोज सहित विदाई कार्यक्रम गरेको थियो ।

No comments:

Post a Comment