बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्यलाई पत्नी शोक परेको छ ।
दुई दशक यता मुटु रोगले पिडित उहाको ४६ बर्षीया श्रीमती मिरा आचार्यको आज बिहान काठमाण्डौको मोडल अस्तपतालमा उपचारका क्रममा निधन भएको हो । एक समय रेडियो नेपालकी चर्चित कार्यक्रम प्रस्तोता समेत रहेकी मिरालाई गत आईतबार हाच्छयुँ गर्ने क्रममा मस्तिष्क घात भएपछी अस्पताल भर्ना गरिएको थियो ।
नेपाली रंग क्षेत्रमा निकै रुचाईएका अभिनेता हरिबंश आचार्य प्रति परेको शोक खबरले सम्पूर्ण रंग क्षेत्र शोक्न मग्न रहेको छ । जस अनुरुप अस्पताल परिसरमै आचर्यका शुभचिन्तक तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । मस्तिस्क घात भएपछी निधन भएकी आफ्नी श्रीमतीलाई भावब्यहोल हुदै अभिनेता आचार्यले अस्पताल परिसरमै दुई छोरा मोहित र त्रिलोकको उपस्थितिमा अन्तिम सिन्दुर पहिराईदिएका । २०३९ साल अघि पहिलो भेट हुदा अभिनेता आचार्यले मिरालाई निकै मन पराएका थिए जस अनुरुप अभिनेता आचार्यले मिराको परिवारसंग २०४० सालमा मागी विबाह गरेका थिए । अस्पतालमा निधन भएकी मिराको सिधै पशुपति आर्यघाट लागी आजै दाहसंस्कार गरिएको छ । यसैबीच प्रधानमन्त्री झलनाथ खनालले अभिनेता आचार्यलाई परेको पत्नी शोकप्रति विज्ञप्ती जारी गर्दै समवेदना व्यक्त गरेका छन् ।
लामो समयदेखि मुटु रोगबाट पीडित उहाँको उपचारका क्रममा आज बिहान काठमाडौं मोडेल अस्पतालमा निधन भएकोमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोक सन्तप्त मेरा मित्र हरिवंश आचार्य र सिंगो परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
७ बैशाख २०६८ (झलनाथ खनाल)
दुई दशक यता मुटु रोगले पिडित उहाको ४६ बर्षीया श्रीमती मिरा आचार्यको आज बिहान काठमाण्डौको मोडल अस्तपतालमा उपचारका क्रममा निधन भएको हो । एक समय रेडियो नेपालकी चर्चित कार्यक्रम प्रस्तोता समेत रहेकी मिरालाई गत आईतबार हाच्छयुँ गर्ने क्रममा मस्तिष्क घात भएपछी अस्पताल भर्ना गरिएको थियो ।
नेपाली रंग क्षेत्रमा निकै रुचाईएका अभिनेता हरिबंश आचार्य प्रति परेको शोक खबरले सम्पूर्ण रंग क्षेत्र शोक्न मग्न रहेको छ । जस अनुरुप अस्पताल परिसरमै आचर्यका शुभचिन्तक तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । मस्तिस्क घात भएपछी निधन भएकी आफ्नी श्रीमतीलाई भावब्यहोल हुदै अभिनेता आचार्यले अस्पताल परिसरमै दुई छोरा मोहित र त्रिलोकको उपस्थितिमा अन्तिम सिन्दुर पहिराईदिएका । २०३९ साल अघि पहिलो भेट हुदा अभिनेता आचार्यले मिरालाई निकै मन पराएका थिए जस अनुरुप अभिनेता आचार्यले मिराको परिवारसंग २०४० सालमा मागी विबाह गरेका थिए । अस्पतालमा निधन भएकी मिराको सिधै पशुपति आर्यघाट लागी आजै दाहसंस्कार गरिएको छ । यसैबीच प्रधानमन्त्री झलनाथ खनालले अभिनेता आचार्यलाई परेको पत्नी शोकप्रति विज्ञप्ती जारी गर्दै समवेदना व्यक्त गरेका छन् ।
समवेदना
बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यकी जीवन संगिनी मीरा आचार्यको ४६ वर्षको उमेरमा असामयिक निधन भएको थाहा पाउँदा म असाध्यै दुःखी भएको छु । उहाँ स्वयं स्थापित संचारकर्मी एवं रंगकर्मी पनि हुनुहुन्थ्यो ।लामो समयदेखि मुटु रोगबाट पीडित उहाँको उपचारका क्रममा आज बिहान काठमाडौं मोडेल अस्पतालमा निधन भएकोमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोक सन्तप्त मेरा मित्र हरिवंश आचार्य र सिंगो परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
७ बैशाख २०६८ (झलनाथ खनाल)
No comments:
Post a Comment