Monday, April 18, 2011

अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव बैशाख ९ गतेबाट

अनुप भट्टराई बैशाख काठमाडौँ
काठमाडौँमा यही बैशाख ९ गतेदेखि पाँचौं अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव हुने भएको छ ।
ईन्डिजिनियस फिल्म आकाईभ (आईफा) को आयोजनामा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृहमा हुने चारदिने महोत्सवमा नेपालसहित २० मुलुकका ४२ चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । नेपालीतर्फ मगर, नेवार, गुरुङ र राई समुदायका चलचित्र छनौट भएका छन् ।

छनौट भएकामध्ये ९० प्रतिशत चलचित्र महिलाले निर्माण गरेका छन् । महोत्सवका लागि 'अपराजिता स्वाभिमानी आदिवासी महिलारु' नारा तय गरिएको छ । डेढ मिनेटदेखि एक सय दुई मिनेटसम्मका चलचित्र तथा वृत्तचित्र समावेश महोत्सवमा ४७ वटा वित्तचित्र बनाइसकेकी क्यानडाकी ७७ वर्षीया फिल्मकर्मी अलानिस ओबोमसाविन प्रमख अतिथिका रुपमा उपस्थित हुने आयोजकले जनाएको छ । महोत्सवमा फिनल्यान्डको स्काब्मागोभात फिल्म फेस्टिवलकी निर्देशक सुभी बेष्ट क्यानडाको मिडिया तथा फिल्म फेस्टिभल संस्था इमेजिनेटिभका कार्यकारी निर्देशक जेसन राइल र अन्तर्राष्ट्रिय रुपमा पुरस्कृत नेपाली फिल्म निर्देशक छिरिङतार शेर्पा निर्णायकका रुपमा रहनेछन् । महोत्सवमा उत्कृष्ट तीन चलचित्रलाई क्रमशः गोल्डेन ड्रम सिल्भर ड्रम र ब्रोन्ज ड्रम अर्वाड दिइनेछ । त्यस्तै नेपालीतर्फ उत्कृष्ट एक फिल्मलाई प्रोत्साहनस्वरुप २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यसैगरी दर्शक छनौटको आधारमा एक चलचित्रलाई पब्लिक च्वाईस अवार्ड दिइने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment