Thursday, April 14, 2011

नेपाली चलचित्रको बार्षिक रिपोर्ट


अनुप भट्टराई बैशाख- १ -२०६८
आजबाट नया बर्ष २०६८ प्रारम्भ भएको छ र २०६७लाई विदा गरेको छ चलचित्र उद्योगले पनि । हुन त चलचित्र क्षेत्रलाई कतियले उद्योगका रुपमा परिभाषित नगरेपनि यो क्षेत्रले हजारौ ब्यक्तिको दैनिक रोजीरोटी पुरा गरिरहेको छ । पाँच दशक नेपाली चलचित्रको ईतिहासमा ब्यापारिक दृष्टीकोणले २०६७ निकै दयनिय अवस्थामा वित्यो भन्दा अत्यूक्ति नहोला । चलचित्र क्षेत्रको सानो बजार रहेको नेपालमा यो बर्ष क्षमता भन्दा बढी चलचित्र प्रदर्शनमा आए ।

यो बर्षमात्र ६ दर्जन चलचित्र प्रदर्शनमा आएका रेकर्ड छन् । तर ब्यापरिक दृष्टिकोणले यो बर्ष प्रदर्शित फष्टलभ निर्देशकिय हिसावमा थुप्रै कमजोरी भएपनि प्रसान्त तामाङ अभिनित मौलिक धारको चलचित्र गोर्खा पल्टन पलपलमा नाईनभन्नु ल आफ्नो मान्छे आफ्नै हुन्छ कसले चोर्यो मेरो मन र फ्ल्यासब्याकले मात्र आफ्नो लगानी सुरक्षित गर्न सके । लगानी उठाउन नसकेपनि यो बर्ष चलचित्र निर्माणको कार्य भने घटेन । जस कारण कलाकारको ब्यस्ता रहिनै रह्यो । यहि ब्यस्ताका कारण हाल भोजीपुरी चलचित्रमा ब्यस्त रहेका अभिनेता विराज भट्ट र यो बर्ष सर्वाधिक रुचाईएका चकलेटी नायक आर्यन सिग्देलको रेट ६ लाख पुगेको खबरले पनि सिने जगतले चर्चा पाईरह्यो । यो बर्ष कलाकारहरुमा अभिनेता राजेश हमाल रेखा थापा भरना थापाको ग्राफ एउटै श्रेडीमा स्थिर रह्यो । यस्तै ऋचा घिमिरे रेजिना उप्रेती अरुणिमा लम्सालको पनि एक स्तरको ग्राफ यो बर्ष चलिनै रह्यो । यस्तै यि संगै जिवन लुईटेल राजबल्लभ कोइराला सुमन सिहँ र कर्मको ब्यस्तता २०७६मा निकै बढेको देखियो । यस्तै यो बर्ष नयाँ नायिकाहरुको क्रेज पनि निकै बढेर आए । थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेर चर्चा पाएकी केकी अधिकारीले चलचित्र स्वर मार्फत आफूलाई डेब्यू गराउदा यिनको डिमान्ड एकाएक बढेर आयो। यस्तै फष्टलभमा अभिनय गरेका निशा अधिकारी र ऋचा शर्माको क्रेज पनि यो बर्ष निकै चुलियो । कछुवाको चालमा पिकअप लिदै गरेकी नन्दिता केसी पनि यो बषर्ँ चर्चामा रहिरहिन्

सो बिजको यो क्षेत्रमा सम्बन्ध र हल्लाले पनि यो बर्ष आफ्नो चर्चालाई निरन्तरता दियो । अभिनेता भुवन केसीको श्रीमती सुस्मिता केसीसंगको दोस्रो डिभोस्र नै किन नहोस वा निखिल उप्रेती र संचिता लुईटेलको सम्बन्धको खबरले पनि यो बर्ष त्यतिकै चर्चा पायो । यस्तै २० बर्ष पश्चात चलचित्र धर्मा मार्फत पुनः कलिउड प्रवेश गरेकी अभिनेत्री मनिषा कोईरालाको विवाह र डिभोस्रको हल्ला काण्डले त यो बर्ष बलिउड र कलिउडमा सवैभन्दा धेरै चर्चा पायो । यस्तै २०६७ सालको अन्तिम महिना चैतमा कोकिल कण्ठी गायिका अाजु पन्तको संगीतकार श्रीमान मनोजराजसंगको सम्बन्धको विच्छेदले पनि त्यतिको चर्चा पायो । यस्तै यहि बर्ष नम्बर वान नायक आर्यन सिग्देल र अभिनेत्री रेखा थापाको सित युद्धले पनि


कलिउडमा बहस सृजना गराईदियो । यस्तै यो नगरीमा अभिनेता भुवन केसी नेकपा एमालेको प्रवेश र १७ जना चलचित्रकर्मीले एकीकृत माओवादीको सदस्यता लिएको खबर पनि त्यतिकै चर्चाको बिषय बन्यो यो यो बर्ष ।

अभावै अभावका बीच सघर्ष गरिरहेको कलिउड नगरीमा यो बर्ष स्वदेशी विदेशी चलचित्रकर्मीको आउने जाने लहर निकै बढेर आयो । चार बर्षको अमेरिका बसाईपछी एक समयकी चर्चित अभिनेत्री पुजा चन्द एक महिनाका लागि नेपाल आईन् त्यस्तै लामो समय देखि अमेरिका पलायन भएका अभिनेता सरोज खनाल पनि यहि बर्ष कलिउड कमब्याक भए र एक चलचित्रमा मुख्य भूमिका निर्वाह गरेर सधैका लागि नेपाल फर्कने बाचाका साथ पुनः अमेरिका फर्किए । यस्तै नेपालको पहिलो रंगीन चलचित्र कुमारीको मुख्य अभिनेत्री चैत्य देवी ३५ बर्षको अन्तरालमा माईती देश नेपाल आईन र हाल अहिले एक प्रोजेक्ट को तयारीमा ब्यस्त छिन् यिनी । यस्तै प्रसिद्ध लोक गायक प्रेम राजा महत पनि अमेरिकाको लामो बसाईपछी एक महिना अघि नेपाल आए र सत्र बर्षको अन्तरालमा भब्य रुपमा एकल साँझ आयोजना गरे यिनले । अनि गायिका रेखा शाहसंग १७ बर्ष अघि गाएको सिमसिमे पानीमा बोलको गीतले यिनी पनि झमेलामा परे । गायन क्षँेत्रकै हिसावमा गायक बाट नायक बन्ने प्रथा पनि यो बर्ष देखियो । जसमा बाबु बोगटी र यश कुमारले बाटो मुनिको फूलबाट नायकको ट्याग भिर्न सफल भए । चलचित्र निर्माणको क्रममा हाल सम्म पुरुष ब्यक्ति कन्ट्रोलर डिजाईनर भईरहेको अवस्थामा त्यो परम्परालाई तोड्दै अभिनेत्री सुषमा कार्कीले चलचित्र डेस्टीनेशन काठमाण्डूबाट पहिलो महिला प्रोडक्सन डिजाईनरको नाम कलिउडमा लेख्न सफल भईन् । यस्तै यो बर्ष कलिउड नगरीमा बलिउडका स्थापित कलाकार ईप्रुान खान नेपाल आएको खबरले निकै चर्चा पायो । यि बाहेक चलचित्र निर्देशक समाजको निम्तोमा भारतीय निर्देशक गोविन्द निहालानी लगायत दक्षिण कोरियाली निर्देशक किम दोङ साथै भारतकै निर्देशक गौतम घोष र श्याम बेनेगल अभिनेत्री मोनिका बेदी अष्ट्रेलियन नायिका सराह मावे र सिएनएन् हिरो अनुराधा कोईरालाको निमन्त्रणामा अमेरिकी अभिनेत्री डेमी मोरले पनि यहि बर्ष नेपालमा पाईला राखिन् । तर यि मध्येका बेलायती रक गायक ब्रायन एडम्स सवै भन्दा धेरै चर्चाको पात्र बने यो बर्ष । जसले नेपालमा पहिलो पटक अत्याधिक ठूलो कन्सर्टमा नेपालीलाई नचाएका थिए ।

यस्तै बहसहका हिसावमा यो बर्ष निकै विवादित बनेको कलिउड नगरीको पुरानो फिल्म प्रदर्शन शैली सिण्डीकेट प्रथा अर्थात क्यू सिस्टमको विवाद सर्वोच्चमा पुग्यो । विवादकै हिसावमा चलचित्रलाई सेन्सर गर्न पाईने वा नपाईने भन्ने बारेमा पनि यो


बर्ष धेरै गोष्ठीहरु भए र यो बहस साचार मन्त्रालयमा पनि पुग्यो । वितरणको हिसावमा ब्यक्ति प्रणाली रहेको नेपाली सिनेमाको वितरणमा फिल्म रिलिज गर्ने संस्था डीजीटल सिनेमा नेपाल डिसिएनको चर्चा यो बर्ष निकै भैरह्यो । एकै पटकमा देश भर फिल्म रिलज गर्न सहज तुल्याएको डिसिएन प्रति अधिकाश चलचत्रिकर्मी उत्साहित देखिए तर आफूले जिम्मा लिएको ठूलो बजेटको फिल्म बाटो मुनिको फूलको पाईरेसी भएपछी यो संस्था पनि विवाद बाट अछुतो रहन सकेन यो बर्ष । यस्तै यहि बर्ष रंगपत्रकारितामा आफ्नोकलम चलाउदै आएका चलचित्र पत्रकारहरुको संस्था चलचित्र पत्रकार संघको पाँच्ााै अधिवेशनले पत्रकार विदुर गिरीको अध्यक्षतामा २१ सदस्य कार्यसमिति चयन गर् र्यो जसको मुख्य कार्यसिमितिामा नया ब्यक्तहरु चयन भएका छन् ।

२०६७ मा स्तरिय फिल्म निर्माण हुने नसकेको यो कलिउडमा प्रशंसनीय फिल्म पनि रिलिज भएनन् । एक शब्दमा भन्नु पर्दा राम्ररी दुई साता सम्म कुनै पनि चलचित्रले हालमा होल्ड ओभर कायम गर्न सकेनन् । प्राय रिलिज भएका फिल्म कुनै न कुनै विदेशी चलचित्रबाट प्रभावित भएका पाईएका थिए । तर पनि नया निर्देशकहरुको जन्म भएको यो बर्ष उनीहरुद्धारा निर्देशित चलचित्र असफल भएपनि ती चलचित्रमा दर्शकले केही नयाँ पन देख्न पाए । जसको जस नेपालमा भित्रिएको नया प्रविधिलाई जान्छ । प्राविधिक हिसावमा कमजोर सिने उद्योगले यो बर्ष प्रविधिमा भने एक फड्को मारेका छ । सुपर १६को क्यामेराले खिचिने नेपाली चलचित्रको स्थानमा डिजीटल फर्मयाटको टु के क्यामेराले छायाकंनमा आफ्नो पकड जमायो । र यो परिवर्तनलाई चलचित्रकर्मीले आत्मसाथ पनि गरे । एक शब्दमा भन्नु पर्दा एकहाद बाहेक अन्य चलचित्रको छायाकंन मात्र पुरानो पं्रणालीमा भए बाकी भने टू के मा । फरक बिषय बस्तुमा निर्माण भएका चलचित्र दासढुङ्गा बाटो मुनिको फूल स्वर कोही मेरोले पनि राम्रो चर्चा पाए यो बर्ष तर ब्यापारिक दृष्टीकोणमा खासै उपलब्धि हासिल गर्न सकेनन यि चलचित्रले । यस्तै टेलिभिजनको पर्दामा सहजै देखा परेका मह जोडी लामो अन्तरालमा चलचित्र हाँसिदेउ एक फेर मार्फत ठूलो पर्दामा कमब्याक भए तर यिनीहरुद्धारा अभिनित यो चलचित्र ब्यापारिक दृष्टीकोणमा बर्षकै फल्प फिल्म सावित भयो । अर्थात सफल निर्देशक शिव रेग्मीले निर्देशन गरेको यो फिल्म मुस्किकले एक साता सम्म मात्र सिनेमा हलमा हास्न सक्यो ।

यस्तै यो बर्ष सिने जगतले चर्चित दुई हस्तीकलाकार गोपाल भुटानी र शान्ति मास्केलाई सदा सदाको लागि गुमाएको छ । यस्तै यि बाहेक एक दर्जन चलचित्र निर्देशन गरेका निर्देशक राजुध्वज राणालाई पनि कलिउडले सदाका लागि गुमाएको
छ । त्यस्तै एक दशक यता चलचित्र क्षेत्रमा निर्माण नियन्त्रक भएर काम गरेका राजु क्षँेत्री र प्राविधिक दिनेश लिम्बुको निधनले पनि कलिउड शोकमग्न भयो । यस्तै संगीत तर्फ बरिष्ठ पाश्र्व गायक कुमार कान्छाको निधनले पनि शोक्न मग्न बन्न पुग्यो यो नगरी । संगीत क्षेत्रमा पनि यो बर्ष निकै उतारचढाव आए । अघिल्लो बर्षको तुलनामा रिमिक्स गर्ने ट्रेन्ड केही कमि भएपनि गीत निर्माणको कार्य भने रोकिएन् । जस अन्र्तगत गीत संगै दृश्य अर्थात म्यूजिक भिडियो निर्माण गर्ने क्रम हवात्तै बढयो यो बर्ष । गायक गायिकाको बैदेशिक भ्रमण र स्वेदशमा कन्सर्ट पनि त्यतिकै भए । र आफ्नो प्रोफाईल अनुसार पैसा कमाउन सफलपनि भए उनीहरु जस मध्ये राजेश पायल राई अग्रङिक्तमा छन् । त्यस्तै अाजु पन्त हेमन्त शर्मा सुनिता दुलालले यो बर्ष अरु भन्दा धेरै कन्स्रटमा आफ्नो पकड जमाउन सफल भए ।
यस्तै सागीतिक क्षेत्रमा पनि यो बर्ष शोकको अवस्था आयो । सारीमा आगो सल्किएर चर्चित लोक गायिका हिरादेवी वाईवा र तामाङ गायिका योगिता मोक्तान गुमाउनु पर् र्यो यो क्षेत्रले । यस्तै साहित्य क्षेत्रका चर्चित साहित्यकार डायमण्ड समशेर राणा र गोविन्द बहादुर मल्ल गोठालेलाई पनि २०६७ले ईतिहासमा सिमित गर्नु पर्यो । समग्रमा भन्नु पर्दा राजिनितिक स्थिरता नभएको यो मुलुकामा बामे सदै गरेको रंग क्षेत्रले पनि आफ्नो पाईला लरवराउदै अगाडी बढायो २०६७ मा ।


No comments:

Post a Comment