भारतका सुप्रसिद्ध सुफी गायक कैलाश खेर एकदिने सांगीतिक साँझको लागि आज मंगलबार काठमाडौं आएका छन् ।
गायक खेर जेपीआर ईभेन्ट्सले नयाँ वर्ष २०६८ को पूर्वसन्धामा भोलि होटल सोल्टीमा गर्न लागेको एकल सांगीतिक प्रस्तुतीका लागि आफ्ना १२ बैन्ड सदस्यसहित काठमाडौं आएका हुन ।
उनीसगै मिस एसिया प्यासिफक सोनाल रावत मिस इन्डिया २००७ पि्रयंका साह तथा मोडलहरु आचल ओबराय र आचल कुमार पनि आजै काठमाडौं आएका छन् । दुई दिनका लागि नेपाल आएका खेरले नेपालमा पहिलोपटक सांगीतिक प्रस्तुती गर्न लागेका हुन । काठमाडौं आएलगत्तै अन्तर्राष्ट्रिय विमानस्थमा साचारकर्मीसँग कुरा गर्दै उनले नयाँ वर्षको अवसरमा नेपाली शुभचिन्तकलाई शुभकामना सन्देश दिँदै भोलिको आफ्नो सांगीतिक प्रस्तुतीलाई अविष्मरणीय बनाउने बताए । दोस्रो पटक नेपाल आएका खेरले संगीतिक प्रस्तुतीका साथै काठमाडौंका ठमेललगायतका स्थान घुम्ने आफ्नो योजनासमेत रहेको बताएका छन् ।
विहान ११ बजे अन्र्तराष्ट्रिय विमानस्थल ओर्लिएका खेरसहितका अन्य पाहुनालाई आयोजकले विमानस्थलबाट सीधै कार्यक्रमस्थल होटल सोल्टी पुर् याएको छ । सोल्टीमै भारतीय मोडलहरुले फेसन शोसमेत गर्दैछन् ।

No comments:
Post a Comment