काठमाण्डौ फाल्गुन ४
नम्बर वान नायिका रेखा थापाका पति निर्माता छवि ओझा हुन, यो कुरामा कुनै विवाद छैन । यि दुईले करिब एक दशक अघि विवाह गरेका थिए । उमेरले बाबु छोरी जस्तो देखिने यो जोडी आ-आफ्नै कारणले चर्चामा छ र सफल पनि । २०५७ सालमा चलचित्र 'हिरो' मार्फत नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री थापा अहिलेकी निकै चर्चित नायिका हुन ।
कलिउड बजारमा यिनले गरेका हरेक क्रियाकलाप समाचारका खुराक बन्ने गर्दछन् । कहिले माओवादी अध्यक्ष प्रचण्डसँग कम्मर मर्काएर यिनी चर्चामा आउछिन त कहिले माओवादीकै कुनै नेतालाई भाई टिका लगाएर यिनले आफ्नो चर्चा सेलाउन दिदिनन् । यस्तै एक अचम्मको चर्चाको बिषय यिनले प्रयोग गर्दै आएको अनलाईन सामाजिक सञ्जाल फेसबुकमा फेला पारिएको छ । जहा रेखाले पति जिउदो छदाछदै आफू विद्यवा भएको उल्लेख गरेकी छिन् । गएको असोज एघार गते देखि सो सञ्जालको सदस्य बनेकी रेखाको फेसबुक वालको इन्फोको रिलेसन सिप स्टाटसमा अंग्रेजी शब्दमा आफू विद्यवा भएको उल्लेख गरेको देख्न सकिन्छ ।
अंग्रेजी नजारे पक्कै पनि रेखाले त्यो स्टाटसमा आफू विद्यवा भएको लेखेकी हैनन् होला । किन की उनी अंग्रेजी माध्यमकै हाईस्कुल पढेको सो इन्फोको पहिलो पंक्तिमा उल्लेख गरिएको छ । के रेखाले त्यो शब्द लेख्नुमा उनको कमजोरी हो वा पति छवि ओझासँग आफ्नो सम्बन्धमा धमिलो पना आएको सुस्त संकेत त्यो स्टासबाट बाहिर ल्याउन उनले चाहेकी हुन ? वा छवि अब उनलाई हृदय मन पर्न छाड्यो ? नभए के कारणले उनले फेसबुक इन्फोमा आफू विद्यवा भएको उल्लेख गरेकी हुन । के हो त रेखा जी बुझ्न सकिएन नी ?
रेखा थापाको फसबुक इन्फोमा जान यहाँ क्लिक गर्नु होला ।
No comments:
Post a Comment