काठमाण्डौ, २० असार- पुरूषहरूको नजारमा महिला यौनका खेलौना र त्यही पुरूषको खेलौने सोचको कथाले उत्पन्न गराउने परिस्थितिलाई समेटेर बनाईएको २२ मिनेटको लघु चलचित्र 'अन्तहिन यात्रा' को राजधानीमा प्रदर्शन गरिएको छ ।
आईतबार काठमाण्डौको राष्ट्रिय नाचघरमा केही केलाकार तथा सञ्चारकर्मीमाझ देखाइएको सो चलचित्रमा सानो उमेरमा महिलाको बिवाहले उसको मानसपटलमा पारको प्रभाव र घरेलु हिंसा जस्ता विषयलाई उठान गर्दै अरूण शर्मा र शिव पुरीले निर्देशन गरेका हुन । बिजय कुमार चौधारीले बनाएको सो चलचित्रमा जानुका केसी, विष्णु पाण्डे, किशोर भण्डारी लगायतको अभिनय रहेको छ ।
नेपाल अहिंशावादी संगठनले आयोजना गरेको कार्याक्रमा सो चलचित्रसंगै छायाकार सवनम मुखियाले बनाएको बृत्तचित्र डरका आशुहरू समेत देखाइएको थियो । धर्म र बलीको नाममा पशुमाथि हुने अत्यचारको विषय उठान गरी निर्माण गरिएको ३२ मिनेट लामो सो बृत्तचित्रमा बारा जिल्लामा प्रत्यो पाँच बर्षमा लाग्ने गडिमाई मेलामा दिइने पशुवली र विभिन्न धार्मिक स्थानमा दिईने बली प्रथालाई निकै मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ ।

No comments:
Post a Comment