मधुमेहको रोगका कारण काठमाण्डौको चाबहिल स्थित मेडिकेयर अस्पतालमा डेढ महिना दिन देखि थलिएका ७० बर्षीय पवन कुमारको बिहान साढे ५ बजे निधन भएको ऋचाका श्रीमान शंकर घिमिरेले बताए । साढे पाँच बजे निधन भएका ऋचाको पितलाई उनका दाई सन्दिपले अन्तिम दाहृसंस्कार गरेका थिए ।
दुई दाजुकी एक्ली बहिनी ऋचाको पिताको अन्तिम दाहृसंस्कार भने एक जना दाजुले मात्र गर्न पाए भने अर्का एक दाजु १० बर्षदेखि बाहिर रहेकाले दाहसंस्कारमा उपस्थित हुन नसकेको ऋचाले बताइन ।
ऋचाले १३ दिननै नुन बार्ने
पिताको निधनले दुखित बनेकी नायिक ऋचा घिमिरेले १३ दिननै नुन बार्ने भएकी छिन् । हिन्दु परम्परा छोरीलाई अझ बिहे गरेर गई सकेकी छोरीले पिताको मृत्यु हुदा पाँच दिन मात्र नुन बार्ने चलन भएतापनि ऋचाले मनको शान्तिका लागि आफुपनि १३ दिननै नुन बार्ने बताएकी छिन् ।
'छोरालाई जसरी दुःख कष्टले हुर्काएको हुन्छ त्यसै गरी छोरीलाई पनि हुर्काएकाले म १३ दिननै नुन बार्छु' ऋचाले भनिन ।
यस्तै निर्देशक समेत रहेका ऋचाका पति शंकर घिमिरेले भने शास्त्रमा उल्लेख भए अनुरूपनै ससुराको पाँच दिन नुन बार्ने भएका छन् । ऋचा र शंकरको केही महिना अघि मागी बिवाह भएको थियो ।
No comments:
Post a Comment