Wednesday, April 7, 2010

सुरू भयो अन्तराष्ट्रिय लोक सास्कृति मेला

काठमाण्डौ, २२ फागुन- पर्यटक कलाकारको स्वागत सत्कार नेपाली लोक सस्कृतिको आधार भन्ने मूल नाराका साथ आजबाट पाचौ अन्तराष्ट्रिय लोक सास्कृति मेलाको उदघाटन गरिएको

काठमाण्डौको कमलादी स्थित प्रज्ञा भवनमा आजबाट सुरू उक्त मेलाको राष्ट्रपति डा। रामबरण यादवले उदघाटन गरेका हुन ।आजबाट उदघाटन भएको उक्त मेला देशका विभिन्न स्थानमा देखाईने आयोजकले बताएको छ । जसमा फागुन २४ गते सुर्खेतको खुला मञ्चमा, २६ गते पाल्पा टुडिखेलमा, २७ गते पोखरामा हुदै फागुन २९ गते देखि चैत्र १ गते पुन काठमाण्डौको खुल्ला मञ्चमा प्रस्तुत गरी मेला सम्पन्न हुने छ । मेलामा विभिन्न १२ देशका ३ सय भन्दा बढी कलाकारहरूले आफ्नो प्रस्तुती देखाउने छन् । जसमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, फ्रान्स, स्पेन, पोल्याण्ड, बुल्गेरिया, स्लोकाभिया, लिथुवेनिया, स्लोभानिया र नेदरल्याण्ड रहेका छन् ।

No comments:

Post a Comment