Wednesday, April 7, 2010

लनग्रेन-भट्टराई भेटवार्ता / शान्ति प्रक्रिया पुरा नहुन्जेल नेपालमा अनमिनको आवश्यक्ता रहेको माओवादी उपाध्यक्ष भट्टराईको भनाई

काठमाण्डौ, २३ फागुन- नेपाल स्थित राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन लनग्रेन र माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टर्राई बीच भेटवार्ता भएको छ ।

शान्तिनगर स्थित भट्टराई निवासमा भएको उक्त भेटवार्ता पछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै लनग्रेनले अनमिनको पछिल्लो भूमिका, लडाकु समायोजन र पर्सी बुधबारबाट संयुक्त राष्ट्रय संघीय राजनीतिक मामिला उप-महासचिव बि।लिन पास्कोले गर्ने नेपाल भ्रमणका सर्न्दर्भमा दुई पक्ष छलफल भएको बताईन् । यस्तै सो भेटमा शान्ति प्रक्रिया पूरा नहुन्जेल नेपालमा अनमिनको आवश्यक्ता रहेको औलाएको लनग्रेनले बताईन । पछिल्लो पटक नेपालमा अनमिनको भूमिकाका सम्बन्धमा दलहरूबीच बढ्दै गएको विवादका सम्बन्धमा पछिल्लो पटक फेरी माओवादी नेता र लनग्रेन बीच भएको सो भेटलले अनमिन-माओवादी र अन्य दलबीच तिक्तता नल्याइदेला भन्न सकिन्न ।

No comments:

Post a Comment