Wednesday, April 7, 2010

माओवादीले तीन सर्त माने राष्ट्रिय सरकार बनाउन एमाले तयार :खनाल / झमक कुमारीलाई सम्मान

काठमाण्डौ, २२ फागुन- एमाले अध्यक्ष झलनाथ खनालले माओवादीले तीन सर्त माने राष्ट्रिय सरकार निर्माण गर्न एमाले तयार रहेको बताएका छन्

१०० औ विश्व महिला श्रमिक दिवसको अबसर पारेर एमाले सर्म्पर्क विशेष कमिटिले आयोजना गरेको झमक घिमिरे सम्मान कार्याक्रममा बोल्दै अध्यक्ष खनालले "हिंसा, अहिले सम्मका सायौ सम्झौता लागु साथै कब्जा गरिएका सम्पती फिर्ता र लडाकु समायोजनमा माओवादीले सहयोग गरे तुरून्त राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आफुहरू तयार रहेको" बताए । यस्तै उनले समयमै संविधान निर्माणका लागि हरेक क्षेत्रमा सहमति र समन्वय आवश्यकता रहेको भन्दै सवै पार्टीलाई सहमतिमा आउन आग्रह समेत गरेका छन् ।

कार्याक्रममा अपाङ्ग भएर नेपाली साहित्यका क्षेत्रमा निरन्तर लागि रहेकी झमक घिमिरेलाई अध्यक्ष खनालले नगद रू। १० हजार सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए । २०३७ सालमा धनकुटा जिल्लामा जन्मजातनै अपाङ्ग भएर जन्मिएकी साहित्यकार घिमिरेले यस अघि प्रबल गोर्खा दक्षिणबाहु चौथो पुरस्कार, अपाङ्ग प्रतिभा पुरस्कार लगायत तीन दर्जन जति पुरस्कार र सम्मान पाईसकेकी छिन् । २९औ बसन्तमा संघर्षको जिवन गुजारी रहेकी झमककुमारीका विभिन्न ८ वटा कृतिहरू प्रकाशित छन् भने अन्य ९ वटा कृतिहरू प्रकाशन हुने चरणमा रहेका छन् ।

No comments:

Post a Comment