Wednesday, April 7, 2010

भट्टराईले २० दिनको तलब नबुझ्ने भए

काठमाण्डौ, २४ फागुन- एकिकृत माओवादीका उपाध्यक्ष डा। बाबुराम भट्टराईले विविध कारणवस संविधानसभाको बैठकमा २० दिन उपस्थिति हुन नसकेको भन्दै सो समयावधिभरको तलब नबुझ्ने भएका छन्

संविधानसभामा गयल उपस्थिति भएतापनि सभासदहरूले पुरै रकम बुझेको समाचार सञ्चारमाध्यममा सार्वजनिक भए लगत्तै सोमबार विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूसंग कुरा गर्दै नेता भट्टराईले उपस्थित हुन नसकेको २० को तलब नलिने स्पष्ट पारेका हुन ।

माओवादी नेतृत्वमा सरकार रहेको बेला अर्थमन्त्री भएका भट्टराईले २०६५ कात्तिक देखि ०६६ जेठ सम्मको तलब बुझेका छैनन् । यस्तै भट्टर्राईले सञ्चारकर्मी सामु "सचेत हुदा हुदा हुदै पनि प्राविधिक कारणले यस्तो त्रुटी हुन गएको प्रति नेपाली जनता प्रति दुःख प्रकट गर्दै नैतिकताको आधारमा गयल भएको सम्पूर्ण दिनको तत्काल फिर्ता गर्ने प्रतिबद्धता" समेत जनाएका छन् ।

No comments:

Post a Comment