Wednesday, April 7, 2010

भट्टराईलाई हराउदै राई विजई

काठमाण्डौ, २३ फागुन- शनिबार राजधानीमा सम्पन्न नेपाल चलचित्र निर्माता संघको चुनवको अध्यक्ष पदमा निर्माता केशव भट्टराईलाई हराउदै राजकुमार राई विजई भएका छन्

४० मतको फरकले भट्टराईलाई हराएका राईले कुल १ सय १७ मत पाएका थिए भने भट्टराईले ७७ मत पाएका थिए । २ सय २६ कुल मतदाता रहेको निर्माता संघमा १ सय ९६ जनाले मात्र मतदानमा भाग लिएका थिए । यस्तै निर्माता संघको उपाध्यक्षमा आकाश अधिकारी र उदय सुब्बा निर्विरोध निर्वाचित भएका छन् । उनीहरूका प्रतिद्धन्द्धी रहेका नारायण पुरी र प्रभु शम्शेर राणाले उम्मेदवारी फिर्ता लिएपछी निर्माता द्धोय अधिकारी र सुब्बा निर्विरोध निर्वाचित भएका हुन । यस्तै निर्माता संघको महासचिव पदमा रेखा थापाको श्रीमान् छविराज ओझालाई ४१ मतले पछि पार्दै चिरञ्जीवी बस्नेत निर्वाचित भएका छन् । साथै सचिव पदमा निर्माता टंक लम्साल निर्वाचित भएका छन् । उनको प्रतिद्धन्द्धीमा सुरेश दर्पण रहेको थिए । यस्तै कोषाध्यक्षमा १ सय मत ल्याई डाक्टर सिह गुरूङ विजई भएका छन् । उनले सुनिदत्त पाण्डेलाई को झिनो मतान्तरले हराएका हुन । पाण्डेले ८८ मत प्राप्त गरेका थिए ।

यस्तै चुनावमा अन्य ९ जना साधारण सदस्यमा निर्वाचित भएका छन् । साधारण सदस्यमा निर्वाचित हुनेमा विनोद अर्याल, जय प्रकाश रिजाल, जेनी कुवर, मौसमी मल्ल, सुनील मानन्धर, गोविन्द शाही, सीपी पौडेल र प्रज्ञा जोशी निर्वाचित भएका छन् । साधारण सदस्यमा जम्मा १८ जनाले आफ्नो उम्मेदवारी दिएका थिए ।


No comments:

Post a Comment