Wednesday, April 7, 2010

राजा बचाउने अभियानमा सेना नलाग्ने प्रचण्डको विश्वास

काठमाण्डौ, २४ फागुन- एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालको फाईदा उठाएर सेना राजा बचाउने अभियान नलाग्ने विश्वास व्यक्त गरेका छन्

१००औ विश्व महिला दिवसको अबसरमा माओवादी निकट महिला संघले आयोजना गरेको एक कार्याक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाली सेनासंग आफुहरूको कुनै दुश्मनी नरहेको भन्दै सेनाले परिर्वतनको आत्मसाथ गर्ने विश्वास पटक-पटक दोर्र्‍याएका छन । यस्तै उनले शान्ति र संविधानका लागि तीन महिना सम्म चुप लागेर बसे प्रतिक्रियावादी र संविधान नचाहाने तत्वहरूले फाईदा लिने भन्दै बाकी तीन महिना शान्ति र संविधानको पक्षमा आफ्ना आन्दोलन जारी रहने बताए । १४ जेठ भित्र संविधान नबने संविधानसभाका ६ सय १ जनालाई थुन्ने निकै षडयन्त्र भईरहेको भन्दै दाहालले सो षडयन्त्रलाई कदापी सफल हुन नदिने समेत बताए । यस्तै उनले जेठ १४ भित्रै संविधान बनाउनु पर्नेमा जोड दिए ।

No comments:

Post a Comment