Wednesday, April 7, 2010

सेना समायोजनका लागि प्रधानमन्त्रीले ठोस प्रस्ताव ल्याउन नसेकेको काग्रेस नेता सिटौलाको आरोप

काठमाण्डौ, २१, फागुन- नेपाली काग्रेसका नेता कृष्ण सिटौलाले सेना समायोजन समितिमा प्रधानमन्त्रीले ठोस प्रस्ताव ल्याउन नसकेर सेना समायोजन प्रक्रिया अगाडी नबढेको आरोप लगाएका छन्।

राजधानीमा आज आयोजित एक साक्षात्कारमा बोल्दै नेता सिटौलाले लडाकु व्यवस्थापन कार्यमा प्प्रधानमन्त्रीले खुट्टा कमाएका कारण यो प्रक्रिया अगाडी बढ्न नसकेको दाबी गरेका छन् । उनले अझै पनि लडाकु समायोजनमा प्रधानमन्त्री डटेर लागे शान्ति प्रक्रिया निश्कर्षा पुग्ने बताएका छन् । नया संविधान निर्माणको मूल आधारनै सेना समायोजन रहेको भन्दै नेता सिटौलाले लडाकु समायोजन विना शान्ति प्रक्रियाले पूर्णता नहुने र त्यसका लागि यथास्रि्र लडाकु व्यवस्थापनमा सबैको ध्यान केन्दि्रत हुनु पर्ने बताए ।

No comments:

Post a Comment