काठमाण्डौ, २३ साउन- गएको बिहिबार आफुद्धारा अभिनित चलचित्र 'फष्टलभ' को प्रिमियर समारोहमा अचानक उपस्थित भएका नायक आर्यन सिग्देल गजवको पोसाकमा उपस्थित भएका थिए । कालो क्याप, कालै चश्मा , रातो टिर्सट, र रातै कर्न्भर्स जुत्तामा सजिएर प्रिमियरमा उपस्थित भएका नायक आर्यनले लगाएको निलो जिन्स पाईन्ट भने २० भन्दा बढी ठाउँमा फाटेको थियो ।चलचित्र कोही मेरोको सुटिङको दौरानमा पोखरामा रहेका नायक आर्यन प्रिमियरका लागि सोही दिन पोखराबाट काठमाण्डौ आईपुगेका थिए । 'हतारहतारमा आए ड्रेस समेत चेन्ज गर्न भ्याईन' उनको पहिरन बारे सोधिएको प्रश्नको जवाफ थियो त्यो । प्रिमियरमा सोही चलचित्रका अन्य दुई नायक विनय श्रेष्ठ र कर्म
भने सुटमा सजिएर आएका थिए । यस्तै नायिका ऋचा शर्मा रातो कुर्ता सलवारमा बेहुलीझै श्रीगारिएर जय नेपाल पुगेकी थिइन भने अर्की नायिका निशा अधिकारी निलो वान पिस पहिरनमा सजिएकी थिइन् ।नेपाली रजतपटमा दारिवाल र चकलेटी नायक भनेर चिनिने आर्यनले लगाएको जिन्सको अगाडीको भाग १४ ठाउँमा च्यातिएको थियो । भने पछाडी पट्टी झण्डै ६ ठाउँमा च्यातिएको थियो । काठमाण्डौको मलमा किनेको सो पाईन्टको मूल्य बारे केही थाहाँ नभएका नायक आर्यनले यसरी प्रिमियर समारोहमा लुगा लगाउनमा ध्यान नपुर्याएका हुन कि हेलचेक्राई ? यो प्रश्न स्वयंम आर्यनलाई ।
No comments:
Post a Comment