काठमाण्डौ, २१ साउन- बोएज डेभिडसनको निर्देशनमा सन् १९८२ मा अमेरिकामा प्रदर्शन भएको चलचित्र 'दि लाष्ट अमेरिकन भर्जिन' लाई अनुशरण गरेर बनाईएतापनि चलचित्र फष्टलभ राम्रो रहेको छ ।
शुक्रबार देखि देश व्यापी प्रदर्शनमा आएको सिमोस सुनुवारद्धारा निर्देशित उक्त चलचित्रको ८० प्रतिशत कथाबस्तु 'दि लाष्ट अमेरिकन भर्जिन' संग मिल्न गएको छ । प्रदर्शनको अघिल्लो दिन राजधानीमा आयोजित सो चलचित्रको प्रिमियर पछी चलचित्रको सराशं कथा लाष्ट भर्जिनसंग मिल्न गएको थाहा हुन आएको हो । जसरी भर्जिनमा तीन जना नायकहरुलाई प्रस्तुत गरिएको छ त्यसरीनै यस चलचित्रमा पनि निर्देशकले तीन नायक आर्यन सिग्देल, विनय श्रेष्ठ र कर्मलाई प्रस्तुत गरेका छन् । चलचित्र भर्जिनमा ग्यारी भन्ने पात्र उ एक दमै सोझो हुन्छ उसको पहिलो प्रेम क्यारेन भन्ने संग जुन चाहि एकातर्फी हुन्छ । त्यसैगरी ग्यारीको भूमिका गरेका नायक कर्म (गौरव) ले यस चलचित्रमा सोझो आफ्नो मनको कुरा आफुले मनपराएकी मायालु निशा अधिकारी (आभा) लाई भन्न नसक्ने पात्रको रुपमा प्रस्तुत भएका छन् ।
रिर्चाड भन्ने अर्को पात्र जसको पहिलो प्रेम क्यारेन संग हुन्छ उ एक दमै प्लेवाईको रुपमा हुन्छन त्यस्तै 'फष्टलभ' मा पनि नायक आर्यन (आयुष) ले रिचार्डको भूमिकामा आफुलाई उभ्याएका छन् जसरी रिचार्डले क्यारेनलाई गर्भवती बनाएर छाडिदिन्छ त्यसरीनै 'फष्टलभ' मा प्लेवाई आर्यनले नायिका निशा अधिकारीलाई गर्भवती बनाएर छाडिदिन्छ । गर्भवती बनाएर छाडिएको आभालाई गौरबले साथ दिन्छ, उसको स्यहार सुसार गर्छ र राम्रोसंग आभाको गर्भपतन पनि गरिदिन्छ । जसरी गौरबले फष्टलभमा आभाको गर्भपत गरिदिएको हुन्छ त्यो कथा पूर्ण रूपमा भर्जिनसंग मिल्न गएको छ ।
प्रिन्स मुभिजको व्यानरमा निर्माता द्धोय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको यस चलचित्रको प्रिमियरपछी अधिकाशं दर्शकले चलचित्र उतकृष्ट भएको प्रतिक्रिया दिएका थिए । कथा चोरिएतापनि चलचित्रको प्राविधिक र निर्देशनिय पक्षले एक पटक हेर्नै पर्ने खालको बनेको यस चलचित्र सानो संसार, मेरो एउटा साथी जस्ता सफल चलचित्रको दर्जामा नपर्ला भन्न सकिन्न । युवा बर्गलाई आधार बनाएर निर्माण गरिएको यस चलचित्रले युवाहरूको मन भने पक्के राख्ने प्रशस्त सम्भावनाहरू रहेका छन् । नेपाली निर्माता र निर्देशकहरू कुनै विदेशी चलचित्रको प्रभाव विना चलचित्र निर्माण गर्न सक्दैनन भन्ने कुरा यो चलचित्र र दि लाष्ट अमेरिकन भर्जिन हेर्न दर्शकले स्पष्ट रूपमा छुट्टयाउन सक्दछन् ।
गएको साता सो चलचित्रको एक गीत बाईरोडको बाटोमा भन्ने भारतीय चलचित्र 'जाने तु या जानेना' को एक गीतबाट हुबहु कपि गरेको समाचार सार्वजनिक भएको खबर प्रति प्रिमियर समारोहमा निर्माता वाग्लेले त्यसलाई संयोग मात्र भन्न छुटाएनन् । शंकर विसिको नृत्य, राजकुमार उप्रेतीको हेर्न लायकको द्धन्द्ध समेटिएको 'फष्टलभ'मा सत्य-स्वरूपराज आचार्य र सुरेन्द्र मान सिहको संगीत पक्ष सवल रहेका छन् । प्रचण्ड श्रेष्ठको स्त्रिmप्टपनि कथा अनुसार राम्रो रहेको यस चलचित्रमा छायाकार हरिहुमागाईले क्यामेरालाई राम्रोसंग घुमाएका छन् ।
युवा अवस्थाका साथीको कथालाई समेटेर निर्माण गरिएको यस कथामा नायक विनय श्रेष्ठ (रोहन) र यसै चलचित्रमार्फत नायिकामा डेब्यू गरेकी ऋचा शर्मा (नितु) पढ्न्ते पात्रको रूपमा देखा परेका छन् । सारासंसार निधाएको बेला ब्यूझिएर किताव पढ्ने रोहन र केटीहरू देखि डराउने गौरबले कलेजको पहिलो दिनमै आभा र नितुलाई मनपराएको हुन्छन् । कलेजबाट घर जाने क्रममा मिल्ने साथी रहेका आभा र नितु चढेको स्कुटीको साचो एक आवारा युवाहरूले खोसिदिएपछी कारमा घर फर्किरहेका आर्यन (आयुष) र रोहनले त्यो साचो गुण्डाहरूबाट खोस्न सफल हुन्छन् बाटोमा भएको झगडामा नेगेटिभ क्यारेक्टरको रूपमा देखा परेका सविन श्रेष्ठले बासले हान्दा आभाको निधारमा लाग्छ र सोही घटनाको संयोगले ती चार जना साथी बन्न पुग्छन् ।
उता गौरब भने पहिलो भेटमै मनपराएकी युवती आभालाई आफ्नो सपनाको रानी ठान्न पुग्छ जस अनुसार पहिलो भेटमा उसको तस्बिर उसले आफ्नो मोवाईलमा कैद गरिसेको हुन्छ । चार जना युवायुवतीको चिनजान भएपनि गौरबसंग आभा र नितुको चिनजान भने भएको हुदैन । प्रपोज गर्न हातमा गुलाव लिएर मख्ख परेर कलेज गएको गौरबले आभा र नितु आफ्नो साथीहरूको साथी भइसकेको देखेर अचम्ममा पर्छ । पहिलो प्रस्ताव गर्न गएको गौरबले त्यो प्रस्तावको लागि केटी कलेज आइन भन्ने बहान पारी कुरा र्टार्छ तर पनि जस लाई अर्पेर लगेको गुलाव त्यही युवतीले माग्दा उ दंग पर्छ ।
आभाले बोलाएको कारण दोस्रो पाली पनि कुनै क्याफेमा गोजीमा गुलावको फुल बोकेर भेट्न पुगेको गौरब प्रपोजको तयारीमा हुन्छ तर त्यहा आभाले उसको कानमा आफुले आयुषलाई मन पराउने कुरा भन्दा उ छागाबाट खसेजस्तो हुन्छ । अभाको लागि दोस्रो पटक लगेको फुल उसले आयुषलाई दिनु भन्दै उ र्फकन्छ ।
यसरी चलचित्रको तीन पात्र आर्यन, निशा र कर्मबीचको रोमाञ्चाकरी त्रिकोणात्मक प्रेम सम्बन्ध देखाउन खोजिएको यस चलचित्रमा आर्थिक अवस्था कमाजोर भएका नितु एक बार डान्सरको रूपमा हुन्छे जुन कुरा रोहनलाई थाहा हुदैन । बारमा काम गर्दा बलत्कृत हुन पुगेकी नितु एड्सको सिकार हुन्छे । जसको कारण रोहनले प्रपोज गर्दा पनि उसको प्रस्तवालाई उसले अस्विकार गरिरहेकी हुन्छे ।
कतैबाट फर्किरहेको अवस्थामा बारमा पुगेका एक गेष्टले उनलाई सडकमै बार डान्सर भन्न पुग्दा रोहनले नितु बार डान्सर भएको कुरा थाहा पाउछ । आफ्नो पेशाको बारेमा केही नबताएकी नितुदेखि रिसले चुर भएको रोहनले उसको घरमै गएर उसलाई जवरजस्ती गरी यौन प्यास मेट्छ । जव रोहनले यौन प्यास मेट्छ तब नितुले रूदै आफु डान्सबारको केटी भएको आफ्नै मुखबाट भन्छिन् अनि त्यो संगै आफु कसैबाट बलत्कृत भएको र एडस् रोगले ग्रसित समेत भएको कुरा खुलाउछिन् तब रोहन छागाबाट खसेजस्तो हुन्छ । आफु पनि एड्स पिडित भएपछी नितुलाई गरेको दुर्बवव्यवहार प्रति पश्चताप गर्दै रोहनले उसंगै जिवन विताउने निर्णय गर्छ त्यसपछी के हुन्छ चलचित्र हेरेपछी तपाईहरूले थाहाँ पाउनु हुन्छ ।
चलचित्रमा नायिका नम्रता श्रेष्ठ गेष्ट आर्टिष्टको रूपमा देखा परेकी छिन् ।

No comments:
Post a Comment