Sunday, August 8, 2010

अशोकको जुगा चैट्

काठमाण्डौ, २३ साउन- कलाकार एवं चलचित्र निर्माता अशोक शर्माले आफ्नो जुगामा परिर्वतन ल्याएका छन्

बिहिबार चलचित्र 'फष्टलभ'को प्रिमियरमा नयाँ जुगे गेटअपमा भेटिएका शर्माको नजिक पर्ने धेरै व्यक्तिहरु स्टाइलिष्ट जुगा दुई बर्षअगाडीको पूर्वरत डिजाईनमा गएको देख्दा उनलाई निकै अनौठो मानेर हेरिरहेका थिए ।
दुई बर्ष पहिले चलचित्र 'मेरो एउटा साथी छ' को सुटिङको क्रममा सो जुगाँको साथमा वकिलको भुमिकामा देखिएका शर्मालाई आफुले कुन डिजाईनको जुगा राखेको भने चाहिँ अझै थाहा नभएको बताए । जुगाको आकार परिर्वतन गर्दा समेत डिजाईनको नाम थाहँ पाउन नसकेका शर्मालाई कुन डिजाईन थियो त त्यो जुगाँ भनि सोधिएको प्रश्नमा उनको उत्तर थियो के हो के हो -

माथिल्लो ओठबाट ९० ड्रि्रीको सिधा कोण बनाएर चिउडो सम्म जुगा झारेका शर्माले अहिले भने माथिल्लो ओठ भन्दा तलको भागको जुगालाई झण्डै डेढ इन्च काटिदिएर चैट् बनाईदिएका छन् ।




आर्यनको पाईन्ट कति ठाउँमा फाट्यो ?

काठमाण्डौ, २३ साउन- गएको बिहिबार आफुद्धारा अभिनित चलचित्र 'फष्टलभ' को प्रिमियर समारोहमा अचानक उपस्थित भएका नायक आर्यन सिग्देल गजवको पोसाकमा उपस्थित भएका थिए । कालो क्याप, कालै चश्मा , रातो टिर्सट, र रातै कर्न्भर्स जुत्तामा सजिएर प्रिमियरमा उपस्थित भएका नायक आर्यनले लगाएको निलो जिन्स पाईन्ट भने २० भन्दा बढी ठाउँमा फाटेको थियो ।

चलचित्र कोही मेरोको सुटिङको दौरानमा पोखरामा रहेका नायक आर्यन प्रिमियरका लागि सोही दिन पोखराबाट काठमाण्डौ आईपुगेका थिए । 'हतारहतारमा आए ड्रेस समेत चेन्ज गर्न भ्याईन' उनको पहिरन बारे सोधिएको प्रश्नको जवाफ थियो त्यो । प्रिमियरमा सोही चलचित्रका अन्य दुई नायक विनय श्रेष्ठ र कर्म भने सुटमा सजिएर आएका थिए । यस्तै नायिका ऋचा शर्मा रातो कुर्ता सलवारमा बेहुलीझै श्रीगारिएर जय नेपाल पुगेकी थिइन भने अर्की नायिका निशा अधिकारी निलो वान पिस पहिरनमा सजिएकी थिइन् ।

नेपाली रजतपटमा दारिवाल र चकलेटी नायक भनेर चिनिने आर्यनले लगाएको जिन्सको अगाडीको भाग १४ ठाउँमा च्यातिएको थियो । भने पछाडी पट्टी झण्डै ६ ठाउँमा च्यातिएको थियो । काठमाण्डौको मलमा किनेको सो पाईन्टको मूल्य बारे केही थाहाँ नभएका नायक आर्यनले यसरी प्रिमियर समारोहमा लुगा लगाउनमा ध्यान नपुर्‍याएका हुन कि हेलचेक्राई ? यो प्रश्न स्वयंम आर्यनलाई ।

Friday, August 6, 2010

'दि लाष्ट अमेरिकन भर्जिन' बाट अनुवाद गरिएपनि 'फष्टलभ' राम्रो


काठमाण्डौ, २१ साउन- बोएज डेभिडसनको निर्देशनमा सन् १९८२ मा अमेरिकामा प्रदर्शन भएको चलचित्र 'दि लाष्ट अमेरिकन भर्जिन' लाई अनुशरण गरेर बनाईएतापनि चलचित्र फष्टलभ राम्रो रहेको छ ।

शुक्रबार देखि देश व्यापी प्रदर्शनमा आएको सिमोस सुनुवारद्धारा निर्देशित उक्त चलचित्रको ८० प्रतिशत कथाबस्तु 'दि लाष्ट अमेरिकन भर्जिन' संग मिल्न गएको छ । प्रदर्शनको अघिल्लो दिन राजधानीमा आयोजित सो चलचित्रको प्रिमियर पछी चलचित्रको सराशं कथा लाष्ट भर्जिनसंग मिल्न गएको थाहा हुन आएको हो । जसरी भर्जिनमा तीन जना नायकहरुलाई प्रस्तुत गरिएको छ त्यसरीनै यस चलचित्रमा पनि निर्देशकले तीन नायक आर्यन सिग्देल, विनय श्रेष्ठ र कर्मलाई प्रस्तुत गरेका छन् । चलचित्र भर्जिनमा ग्यारी भन्ने पात्र उ एक दमै सोझो हुन्छ उसको पहिलो प्रेम क्यारेन भन्ने संग जुन चाहि एकातर्फी हुन्छ । त्यसैगरी ग्यारीको भूमिका गरेका नायक कर्म (गौरव) ले यस चलचित्रमा सोझो आफ्नो मनको कुरा आफुले मनपराएकी मायालु निशा अधिकारी (आभा) लाई भन्न नसक्ने पात्रको रुपमा प्रस्तुत भएका छन् ।

रिर्चाड भन्ने अर्को पात्र जसको पहिलो प्रेम क्यारेन संग हुन्छ एक दमै प्लेवाईको रुपमा हुन्छन त्यस्तै 'फष्टलभ' मा पनि नायक आर्यन (आयुष) ले रिचार्डको भूमिकामा आफुलाई उभ्याएका छन् सरी रिचार्डले क्यारेनलाई गर्भवती बनाएर छाडिदिन्छ त्यसरीनै 'फष्टलभ' मा प्लेवाई आर्यनले नायिका निशा अधिकारीलाई गर्भवती बनाएर छाडिदिन्छ गर्भवती बनाएर छाडिएको आभालाई गौरबले साथ दिन्छ, उसको स्यहार सुसार गर्छ राम्रोसंग आभाको गर्भपतन पनि गरिदिन्छ जसरी गौरबले फष्टलभमा आभाको गर्भपत गरिदिएको हुन्छ त्यो कथा पूर्ण रूपमा भर्जिनसंग मिल्न गएको

प्रिन्स मुभिजको व्यानरमा निर्माता द्धोय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको यस चलचित्रको प्रिमियरपछी अधिकाशं दर्शकले चलचित्र उतकृष्ट भएको प्रतिक्रिया दिएका थिए । कथा चोरिएतापनि चलचित्रको प्राविधिक र निर्देशनिय पक्षले एक पटक हेर्नै पर्ने खालको बनेको यस चलचित्र सानो संसार, मेरो एउटा साथी जस्ता सफल चलचित्रको दर्जामा नपर्ला भन्न सकिन्न । युवा बर्गलाई आधार बनाएर निर्माण गरिएको यस चलचित्रले युवाहरूको मन भने पक्के राख्ने प्रशस्त सम्भावनाहरू रहेका छन् । नेपाली निर्माता र निर्देशकहरू कुनै विदेशी चलचित्रको प्रभाव विना चलचित्र निर्माण गर्न सक्दैनन भन्ने कुरा यो चलचित्र र दि लाष्ट अमेरिकन भर्जिन हेर्न दर्शकले स्पष्ट रूपमा छुट्टयाउन सक्दछन् ।

गएको साता सो चलचित्रको एक गीत बाईरोडको बाटोमा भन्ने भारतीय चलचित्र 'जाने तु या जानेना' को एक गीतबाट हुबहु कपि गरेको समाचार सार्वजनिक भएको खबर प्रति प्रिमियर समारोहमा निर्माता वाग्लेले त्यसलाई संयोग मात्र भन्न छुटाएनन् । शंकर विसिको नृत्य, राजकुमार उप्रेतीको हेर्न लायकको द्धन्द्ध समेटिएको 'फष्टलभ'मा सत्य-स्वरूपराज आचार्य र सुरेन्द्र मान सिहको संगीत पक्ष सवल रहेका छन् । प्रचण्ड श्रेष्ठको स्त्रिmप्टपनि कथा अनुसार राम्रो रहेको यस चलचित्रमा छायाकार हरिहुमागाईले क्यामेरालाई राम्रोसंग घुमाएका छन् ।

युवा अवस्थाका साथीको कथालाई समेटेर निर्माण गरिएको यस कथामा नायक विनय श्रेष्ठ (रोहन) र यसै चलचित्रमार्फत नायिकामा डेब्यू गरेकी ऋचा शर्मा (नितु) पढ्न्ते पात्रको रूपमा देखा परेका छन् । सारासंसार निधाएको बेला ब्यूझिएर किताव पढ्ने रोहन र केटीहरू देखि डराउने गौरबले कलेजको पहिलो दिनमै आभा र नितुलाई मनपराएको हुन्छन् । कलेजबाट घर जाने क्रममा मिल्ने साथी रहेका आभा र नितु चढेको स्कुटीको साचो एक आवारा युवाहरूले खोसिदिएपछी कारमा घर फर्किरहेका आर्यन (आयुष) र रोहनले त्यो साचो गुण्डाहरूबाट खोस्न सफल हुन्छन् बाटोमा भएको झगडामा नेगेटिभ क्यारेक्टरको रूपमा देखा परेका सविन श्रेष्ठले बासले हान्दा आभाको निधारमा लाग्छ र सोही घटनाको संयोगले ती चार जना साथी बन्न पुग्छन् ।

उता गौरब भने पहिलो भेटमै मनपराएकी युवती आभालाई आफ्नो सपनाको रानी ठान्न पुग्छ जस अनुसार पहिलो भेटमा उसको तस्बिर उसले आफ्नो मोवाईलमा कैद गरिसेको हुन्छ । चार जना युवायुवतीको चिनजान भएपनि गौरबसंग आभा र नितुको चिनजान भने भएको हुदैन । प्रपोज गर्न हातमा गुलाव लिएर मख्ख परेर कलेज गएको गौरबले आभा र नितु आफ्नो साथीहरूको साथी भइसकेको देखेर अचम्ममा पर्छ । पहिलो प्रस्ताव गर्न गएको गौरबले त्यो प्रस्तावको लागि केटी कलेज आइन भन्ने बहान पारी कुरा र्टार्छ तर पनि जस लाई अर्पेर लगेको गुलाव त्यही युवतीले माग्दा उ दंग पर्छ ।

आभाले बोलाएको कारण दोस्रो पाली पनि कुनै क्याफेमा गोजीमा गुलावको फुल बोकेर भेट्न पुगेको गौरब प्रपोजको तयारीमा हुन्छ तर त्यहा आभाले उसको कानमा आफुले आयुषलाई मन पराउने कुरा भन्दा उ छागाबाट खसेजस्तो हुन्छ । अभाको लागि दोस्रो पटक लगेको फुल उसले आयुषलाई दिनु भन्दै उ र्फकन्छ ।

यसरी चलचित्रको तीन पात्र आर्यन, निशा र कर्मबीचको रोमाञ्चाकरी त्रिकोणात्मक प्रेम सम्बन्ध देखाउन खोजिएको यस चलचित्रमा आर्थिक अवस्था कमाजोर भएका नितु एक बार डान्सरको रूपमा हुन्छे जुन कुरा रोहनलाई थाहा हुदैन । बारमा काम गर्दा बलत्कृत हुन पुगेकी नितु एड्सको सिकार हुन्छे । जसको कारण रोहनले प्रपोज गर्दा पनि उसको प्रस्तवालाई उसले अस्विकार गरिरहेकी हुन्छे ।

कतैबाट फर्किरहेको अवस्थामा बारमा पुगेका एक गेष्टले उनलाई सडकमै बार डान्सर भन्न पुग्दा रोहनले नितु बार डान्सर भएको कुरा थाहा पाउछ । आफ्नो पेशाको बारेमा केही नबताएकी नितुदेखि रिसले चुर भएको रोहनले उसको घरमै गएर उसलाई जवरजस्ती गरी यौन प्यास मेट्छ । जव रोहनले यौन प्यास मेट्छ तब नितुले रूदै आफु डान्सबारको केटी भएको आफ्नै मुखबाट भन्छिन् अनि त्यो संगै आफु कसैबाट बलत्कृत भएको र एडस् रोगले ग्रसित समेत भएको कुरा खुलाउछिन् तब रोहन छागाबाट खसेजस्तो हुन्छ । आफु पनि एड्स पिडित भएपछी नितुलाई गरेको दुर्बवव्यवहार प्रति पश्चताप गर्दै रोहनले उसंगै जिवन विताउने निर्णय गर्छ त्यसपछी के हुन्छ चलचित्र हेरेपछी तपाईहरूले थाहाँ पाउनु हुन्छ ।
चलचित्रमा नायिका नम्रता श्रेष्ठ गेष्ट आर्टिष्टको रूपमा देखा परेकी छिन् ।













Monday, August 2, 2010

निर्देशकको रेट 'दश लाख'

काठमाण्डौ, १६ साउन- नेपाली हिरो हिरोइनले अभिनय गर्दा कति पारिश्रमिक पाउलान रु लाखमा कुरा गर्दा , , , , सायद धेरैको उत्तर यहिँ नै हुन्छ होला तर नायिक नायिकालाई आफ्नो हरेक इशारामा नचाउने नायकको पनि महाँनायक एवं नेपाली चलचित्रका एक जना निर्देशकले भने एउटा चलचित्र निर्देशन गरेबापात पुराका पूरा १० लाख रूपैया लिएका छन्

नेपाली रजतपटमा फुच्चे निर्देशक भनेर चिनिने ती भाग्यमानी निर्देशक हुन श्याम भट्टराई निर्माणाधिन हलिउड स्टाइलको चलचित्र 'च्यालेन्ज' मा सोचे भन्दा कयौ गुणा राम्रो निर्देशन गरेको कारण फुच्चे निर्देशक श्याम भट्टराईले निर्माता माधव ढकाल रेश मरहठ्ठाबाट १० लाख रूपैया लिएका हुन हार्डवर्कर निर्देशकको रूपमा समेत परिचित भट्टराईको काम देखेर मरहठ्ठाले उनलाई १० लाख दिएका थिए मरहठ्ठा भन्छन् 'यस्ता निर्देशकको नेपालमा खाचो त्यसैले उचित पारिश्रमिक दिन लोभ गर्नु हुदैन '

छायाकंनको अन्तिम चरणमा पुगेको बेला आजकाल भट्टराईले 'च्यालेन्ज' निर्देशन गर्न पाएको प्रति आफु निकै खुशी गौरवान्वित समेत भएको उनका निकटस्तहरूलाई बताउदै हिड्न थालेका छन् च्यालेन्जमा उत्कृष्ट निर्देशन गरेकै कारण रेट समेत बढाउन लागेका निर्देशक भट्टराईलाई केही निर्माताहरूले नयाँ चलचित्रमा र्साईन गर्न लगाएतापनि उनले त्यस्ता प्रस्तावहरूलाई आजकाल बहिस्कार गर्दै आएका छन् कारण च्यालेन्जको निर्देशन गर्दा १० लाख पोल्टामा पारेका भट्टराईले अब के को रु दुई चार लाख भन्दै आफ्नो नयाँ रेट केही समय पछी सार्वजनिक गर्न लागेको बुझिएको

च्यालेन्जको प्रदर्शन कहिले होला भन्दै आतुर रहेका निर्देशक भट्टराई नेपालकै सबैभन्दा बढी पारिश्रमिक लिने निर्देशकको अग्रपङतिमा दर्ता भईसके भन्दा केही फरक नपर्ला रेखा थापा, नव नायिका खुश्वु न्यौपाने, आयुष रिजाल स्वयम रेश मरहठ्ठाको अभिनय रहेको सो चलचित्र छुट्टै धारको रहेको निर्माण पक्षले दावी गर्दै आएको सय ५० बर्षअघि नालापानी युद्धमा नेपाली सैनिकको गोप्य दस्तावेज बेलायती सेनाले लगेको बिषयलाई उठान गरिएको सो चलचित्र भ्वाईस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो

चलचित्र महोत्सवको शुभारम्भ

काठमाण्डौ, १६ साउन- चलचित्र क्षेत्रमा कार्यरत प्राविधिकहरूको संस्था नेपाल चलचित्र प्राविधिक संघले गत तीन बर्षदेखि गर्दै आएको चलचित्र महोत्सव यस पालि पनि गर्ने भएको

विभिन्न ३२ विद्या समेटेर सुरू भएको चौथो चलचित्र महोत्सवमको सञ्चार मन्त्री शंकर पोखरेल र एक जना रंग पत्रकार सहित ४ कलाकारले ४ वटा नरिवल फोडेर उदघाटन गरेका हुन । लगातार तीन बर्षदेखि सो महोत्सवको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दै आएको थियो भने यस बर्षदेखि तर्राई टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ ।

नेपाल सास्कृतिक संघको तत्वाधानमा प्राविधिक संघले आयोजना गरेको सो महोत्सवमा २०६६ सालमा प्रदर्शनमा आएका ३१ वटा चलचित्रहरूलाई उत्कृष्टताको आधारमा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । जस अनुसार टक्कर दुई मुटुको, दोस्ती, सम्झना, तोड, बाटुली, नैना रेशम, रक्षक, त्रिनेत्र, दानवीर , इज्जतदार, धुम, राज्य, अर्जुनदेव, महान, कहाँ छौ, कहाँ, र्फज, कहाँ भेटिएला, कुसुमे रूमाल-२, जिवन मृत्यु, क्यारेङग्याङ, छोडि गए पाप लाग्ला, दाग, निशाना, नेपाली वीर , जंगबाज, मेरो एउटा साथी छ, पहिलो पहिलो माया, माया त माया हो, आफ्नो मान्छे आफ्नै हुन्छ, हिफाज र दिवानपन रहेका छन् ।

चलचित्रको अवार्ड वितरण कार्याक्रम दशै अघि गर्ने आयोजकले जनाएको छ भने जुरीहरूमा मोहन निरौला, विजय रत्न तुलाधार, विषेश श्रेष्ठ, क्यामेराम्यान नरेन्द्र प्रधान, प्रभावकर देव शर्मा र चलचित्र पत्रकारसंघका अध्यक्ष शान्तिप्रिय रहेका छन् ।