२०७० जेष्ठ १५ काठमाडौं
संविधानसभा विघटन भए पश्चात गणतन्त्र दिवस उत्साह पूर्वक मनाउन जायज नरहेको बहसहरु चलिरहेका बेला सरकारले महानायक राजेश हमाललाई गणतन्त्र दिवसको अबसर पारेर सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मान गर्ने निर्णय गरेको छ ।
छैठौ गणतन्त्र दिवस मनाईएको सन्दर्भमा सरकारले महानायक सहित गायिका अन्जु पन्त र लोक गायक राजु परियारलाई प्रवल जनसेवाश्री विभूषणबाट प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो । यसैगरी कला क्षेत्रबाटै ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति किरण मानन्धर रसंगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति प्रचण्ड मल्ललाई सुकृतमय राष्ट्रदीप विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको छ । विभिन्न क्षेत्रमा रहेर अमुल्य योगदान पु¥याएवापत सरकारले गणतन्त्र दिवसका दिन विभिन्न मान पदवी र अलंकारबाट योगदान पु¥याउने ब्यक्तिहरुका लागि विभूषित गर्ने निर्णय गरे बमोजिम सार्वजनिक १सय ९८ जनाको लिष्टमा कला क्षेत्रबाट यी नाम बाहिरिएका हुन ।
कलाकारिता क्षेत्रमा महजोडी पश्चातको श्रेणीमा गनिने महानायकले संविधानसभा नबनेको यो समयमा सरकारबाट प्राप्त विभूषण ग्रहण गर्छन वा बहिस्कार गर्छन त्यो चाहि चासोको बिषय बनेको छ किन कि गत बर्ष सरकारले महजोडीलाई विभूषित गर्ने निर्णय गरेपनि उनीहरुले संविधान बनाउन नेताहरु असफल भएको भन्दै उक्त सम्मान बहिस्कार गरेका थिए ।