Wednesday, February 16, 2011

के रेखा विद्यवा हुन ?

अनुप भट्टराई
काठमाण्डौ फाल्गुन ४
नम्बर
वान नायिका रेखा थापाका पति निर्माता छवि ओझा हुन, यो कुरामा कुनै विवाद छैन यि दुईले करिब एक दशक अघि विवाह गरेका थिए उमेरले बाबु छोरी जस्तो देखिने यो जोडी -फ्नै कारणले चर्चामा सफल पनि २०५७ सालमा चलचित्र 'हिरो' मार्फत नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री थापा अहिलेकी निकै चर्चित नायिका हुन

कलिउड बजारमा यिनले गरेका हरेक क्रियाकलाप समाचारका खुराक बन्ने गर्दछन् । कहिले माओवादी अध्यक्ष प्रचण्डसँग कम्मर मर्काएर यिनी चर्चामा आउछिन त कहिले माओवादीकै कुनै नेतालाई भाई टिका लगाएर यिनले आफ्नो चर्चा सेलाउन दिदिनन् । यस्तै एक अचम्मको चर्चाको बिषय यिनले प्रयोग गर्दै आएको अनलाईन सामाजिक सञ्जाल फेसबुकमा फेला पारिएको छ । जहा रेखाले पति जिउदो छदाछदै आफू विद्यवा भएको उल्लेख गरेकी छिन् । गएको असोज एघार गते देखि सो सञ्जालको सदस्य बनेकी रेखाको फेसबुक वालको इन्फोको रिलेसन सिप स्टाटसमा अंग्रेजी शब्दमा आफू विद्यवा भएको उल्लेख गरेको देख्न सकिन्छ ।

अंग्रेजी नजारे पक्कै पनि रेखाले त्यो स्टाटसमा आफू विद्यवा भएको लेखेकी हैनन् होला । किन की उनी अंग्रेजी माध्यमकै हाईस्कुल पढेको सो इन्फोको पहिलो पंक्तिमा उल्लेख गरिएको छ । के रेखाले त्यो शब्द लेख्नुमा उनको कमजोरी हो वा पति छवि ओझासँग आफ्नो सम्बन्धमा धमिलो पना आएको सुस्त संकेत त्यो स्टासबाट बाहिर ल्याउन उनले चाहेकी हुन ? वा छवि अब उनलाई हृदय मन पर्न छाड्यो ? नभए के कारणले उनले फेसबुक इन्फोमा आफू विद्यवा भएको उल्लेख गरेकी हुन । के हो त रेखा जी बुझ्न सकिएन नी ?

रेखा थापाको फसबुक इन्फोमा जान यहाँ क्लिक गर्नु होला




Wednesday, February 9, 2011

बुझ्न सकिएन नवनायिकाको चाला

भनिन्छ मानिसले अरूको मन जित्नु भने उसले पहिलो भेटमै आकर्षक कुरा गर्छ वा त्यही किसिमको ब्यक्तित्व मानिसहरूको अगाडी देखाउछ तर सोही मानिसले पहिलो भेटमा भिन्न प्रकृतिको ब्यबहार देखाउछ भने अवश्य पनि ती कुराहरू अपाच्य बन्न सक्छ

यस्तै भयो हिजो बुधबारको प्रेस शोमा जहाँ चलचित्र स्वरको विशेष प्रदर्शनी भएको थियो । ग्रयाण्ड प्रदर्शन भनि बेलुकी ठीक पाँच सो चलचित्रको टिमले सञ्चारकर्मी र चलचित्रकर्मीलाई फिल्म हेर्न जय नेपालहलमा निम्ता दिएको थियो । जस अनुरूप ठीक ६ बजे सवैको उपस्थितिमा उक्त टिमले फिल्म स्क्रिनिङ गर्ने योजना बनाएको थियो । तर योजना अनुरूप सोही चलचित्रका नायिका त्रय केकी अधिकारी, रिमा विश्कर्मा तथा बेनिषा हमालको निकै ढिला उपस्थितिले फिल्म शो निर्धारित समय भन्दा ठीक ४२ मिनेटपश्चात अर्थात ६ बजेर ४२ मिनेट हुदा स्क्रिनिङ गरिएको थियो ।

पहिलो चलचित्रको प्रिमियरमा भब्य पहिरनमा आउन कुन चाहि कलाकारलाई रहर हुदैनर ? जस अनुरूप सोही चलचित्रका नायिका त्रयले यिति धेरै मेकअप गरेछन्की उनीहरूलाई दिएको समय नाघेको अत्तोपत्तो भएनछ् । सोही चलचित्रका मुख्य नायक राजबल्लभ कोइराला निर्देशक प्रसन्न पौडेल सहित आफ्ना तीन जना निर्माताहरूसँग पाँच बजेनै सिनेमा भवनमा उपस्थित भएका थिए । तर चलचित्रका मुख्य नायिकाहरू समयमा उपस्थित नभैदिदा सञ्चारकर्मीको विभिन्न प्रश्नमा निर्देशक पौडेल निकै तनावमा देखिएका थिए । अहिले आउलान भरे आउलान भन्दै हिरोइन कुर्दा निर्देशक पौडेल र सो चलचित्रका निर्माता त्रयको छटपर्टाई सो प्रिमिरको प्राङ्गणमा स्पष्ट देखिएको थियो ।

'तिमिहरू कहाँ आईपुग्यौ ?' भनी प्रसन्नले नायिकाहरूलाई प्रत्येक मिनेटमा फोन गर्थे तर मेकअपमा लठ्ठ भएका हेरोईनहरूको सानो आश्वासनले पौडेल रिसले मुर्मुरिदै फोन राख्न बाध्य हुन्थे । यसै समाचारलाई फलो गर्दै फिल्मीखबरले ठीक सवाँ ६ बजे नायिका त्रय मध्येकी एकलाई फोन सर्म्पर्क गर्दा उनले डिल्लीबजारमा आईपुगेकी प्रतिक्रिया दिएका थिइन् ।

अनन्तत् ठीक साढे ६ बजे उनीहरूको उपस्थिति भयो जयनेपाल प्राङ्गगणमा जहाँ चिसो मौसममा गर्मीको जस्तै पहिरन, त्रय मध्येकी दुई नायिकाले लगाएको देख्दा सञ्चारकर्मी निकै अचम्ममा परेका थिए । तर ढिला उपस्थित भएका कारण तीनीहरूको पहिरनलाई अन्य पाहुनाले स्क्रिनिङ अगाडी देख्न पाएनन् । माघ १९ गतेको साझ निकै जाडो थियो तर शरिरमा लगाउने ज्याकेटलाई हातमा भिरेर सो चलचित्रका दुई नायिका रिमा विश्वकर्मा र बेनिषा हमालको बहादुरी इन्ट्रीमा केकी अधिकारी पनि मुछिएकी थिईन्, किनकी उनीहरूसँगै केकी पनि थिईन् । निकै राम्रो सम्भावना बोकेकी केकी मौसम अनुकुलको पहिरनमा भएकाले उनी आलोचनाको पात्र बनिन् ।

उसैत समयको ख्याल नगरी आफ्नो पहिलो प्रिमियरमा ढिला उपस्थित भएका यि नव नायिकाको तालले के संकेत गर्छ ? समयको ख्याल नभएको हो वा माघको मध्य जाडोमा आफ्नो ग्ल्यामार शरिर देखाउने रहर उनीहरूलाई भएको हो ? बुझ्न सकिएन नवनायिकाको चाला ........